यसरी जन्माईन १६ वर्षसम्म भोक हड्तालमा बसेकी इरोम शर्मिलाले जुम्ल्याह सन्तान

एजेन्सी, हरेक वर्ष मे महिनाको दोस्रो आइतबार अन्तराष्ट्रिय मदर्श डे मनाइन्छ । यो दिन भारतको मनिपुरकी आइरन लेडी भनिने नागरिक अधिकारकर्मी इरोम शर्मिलाले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । शर्मिलाले बेंगलुरुको अस्पतालमा बच्चालाई जन्म दिएकी हुन् । शर्मिला र उनका बेलायती श्रीमान् डेसमन्ड कोटिन्होले दुई छोरीहरुको नाम निक्स शाखी र अटम तारा राखेका छन् ।

४६ वर्षे इरोम सन् २०१७ मा डेसमन्डसँग विवाह गरेपछि तमिल नाडुस्थित कोदाइकनालमा घरबार बसाएकी थिइन् । उनले आइतबार बिहान ९ः२१ मा शल्यक्रियामार्फत् जुम्ल्याहा सन्तानलाई जन्माएकी हुन् ।

‘यो मेरो नयाँ जीवन हो, मेरो लागि नयाँ शुभारम्भ हो । म निकै खुसी छु । डेसमन्ड र म स्वस्थ सन्तानको चाहनामा थियौं,’ द इन्डियन एक्सप्रेसलाई शर्मिलाले भनिन् ।

१६ वर्षसम्म गरेकी थिइन् भोक हड्तालः

इरोम शर्मिलाले मणिपुरबाट सशस्त्र बल विशेषाधिकार अधिनियम (अफस्पा) हटाउनका लागि १६ वर्षसम्म भोक हड्ताल गरिसकेकी छिन् । त्यसपछि उनी सन् २०१७ मा मणिपुरमा विधानसभा चुनावमा पनि उत्रिएकी थिइन् जहाँ उनलाई मात्र ९० भोट पाएकी थिइन् ।