भरत बमलाई गैरन्यायिक थुनामा राखिएको भन्दै पत्रकार बरालको सर्वोच्चमा रिट
काठमाडौं,विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’लाई गैरन्यायिक थुनामा राखिएको भन्दै पत्रकार साेभराज बरालले सर्वोच्चमा रिट हालेका छन । पत्रकार शोभराज बरालले सोमबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।
नेता बमसहित दुई जनालाई गत बुधबार बाँके प्रहरीले गिरफ्तार गरेको थियो । उनको रिट माथिको छलफलका लागि दुबै पक्षलाई मंगलबार सर्वोच्वमा बोलाइएको छ । नेपाल सरकार, गृह मन्त्रालय समेतलाई विपक्षी बनाएको रिटमा मंगलबार विहान १० बजेका लागि पेशी तोकेको छ ।
बुधबार बाँकेको जानकी गाउँपालिका–६ गहनापुरबाट बमसँगै युवा नेता सत्यबहादुर शाहीलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो । दुवै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको प्रहरीले जनाएको छ ।
रिट हाल्ने पत्रकार क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हुन् भने सोहि मोटिभेट न्युज डटकमका अध्यक्ष हुन ।