राजमार्गमै प्रेसरकुकर वम देखिएपछि….
प्रकासित मिति : २०७६ बैशाख २९, आईतवार ०८:२३
प्रकासित समय : ०८:२३
झापा जिल्लाको कन्काइ नगरपालिका माइधारमा शंकास्पद बस्तु फेला परेको छ । आइतबार बिहान पुलनजिकै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुकरको बाहिर जेलिएर राखिएको उक्त शंकास्पद बस्तु बम भएको आशंका गरिएको छ ।
शंकास्पद बस्तु डिस्पोज गर्न चारआलीबाट आएको सेनाको टोलीले डिस्पोज गर्न नसकेपछि अहिले इटहरीबाट सेनाको टोलीलाई बाेलाइएको प्रहरीले जनाएको छ । बम राखिएको नजिकै गोर्खा जनमुक्ति मोर्चा लेखिएको पर्चा फेला परेको छ।
पर्चामा सुगौली सन्धीमार्फत नेपालले गुमाएको भूमि फिर्ता, विदेशीलाई दिइएको अंगिकृत नागरिकता खारेज, संघीयता खारेज लगायतमा माग राखिएको छ । पूर्व-पश्चिमराजमार्ग अन्तरगतको सडक खण्डमा बम फेला परेपछि बिहान २ घण्टादेखि सवारीसाधन रोकिएका छन् ।