किन घट्यो बेलायतीहरुमा यौनरुचि ?

लण्डन– बेलायतीहरुले केही वर्षयता यौनसम्पर्क कम गर्न थालेको एउटा बृहत राष्ट्रिय सर्वेक्षणले देखाएको छ ।


‘ब्रिटिश मेडिकल जर्नल’ मा प्रकाशित प्रतिवेदनले करीब एक तिहाइ महिला तथा पुरुषले एक महिनामा यौन सम्पर्क नै नगरेको देखाएको छ ।

१६ देखि ४४ वर्षका आधाभन्दा कम महिला तथा पुरुषले सातामा एक पटक मात्रै यौन सम्पर्क गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

३४ हजार मानिसमा गरिएको सर्वेक्षणमा २५ वर्षमाथिका वैवाहिक जोडी तथा सँगै बसेका महिला तथा पुरुषको यौन क्रियाकलाप गत २१ वर्षको समयावधिमा सबैभन्दा बढी गिरावट आएको छ । कान्तिपुर दैनिकमा खबर छ ।