एनजियो, आईएनजियोलाई जनपरिषदमा दर्ता हुन बिप्लवको उर्दी

अछाम, नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला जनपरिषद अछामले जिल्लामा कार्यरत विभिन्न संघ संस्था तथा ब्यबसायीहरुलाई जनसत्तामा दर्ता गर्न आवहान गरेको छ ।

आबस्यक कागजात सहित १५ दिन भित्र अछाम जिल्ला जनपरिषदको कार्यलयमा उपस्थित हुन भनिएको छ ।

जिल्लामा कार्यरत सम्पूर्ण एनजियो, आईएनजियो, निर्माण व्यावसायी, जिल्लामा संचालित सम्पूर्ण निजि शिक्षण संस्थाहरु, सप्लायर्स, यातायात ब्यबसायिहरु, जडिबुटी/धन जन्यपदार्थ सम्बन्धि ब्यबसायिहरु, निजि किलनिक अस्पताहरु लाई आफ्नो जनपरिषद नेपालमा दर्ता हुन भनिएको छ ।

परिषदको तर्फबाट प्रमुख सौगातले आईतवार एक बिज्ञप्ती जारीगर्दै तोकिएको समय भित्र दर्ता गर्न नआउने संघरसंस्था र ब्यबसायिहरुको सम्पूर्ण कामकारबाही रोक्का गर्ने चेतावनी समेत दिएको छ ।

(हेर्नुहोस बिज्ञप्ती)