भूमध्य सागरमा डुंगा डुब्दा ६५ जनाको मृत्यु

एजेन्सी, मध्य सागरको ट्युनिसियातर्फको बन्दरगाह क्षेत्रमा डुंगा दुर्घटना हुदाँ कम्तीमा ६५ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगले दुर्घटनामा परेका मध्ये चार जनाको मात्रै शव भेटिएको र अन्यको खोजी भइरहेको जनाएको छ।

घटनास्थलबाट अन्य १६ जनालाई भने जीवितै उद्धार गरिएको पनि नियोगका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। दुर्घटना भएको डुंगामा झण्डै ७० जना शरणार्थी र आप्रवासीहरूले यात्रा गरेका थिए।

उनीहरू लिबियाबाट आउदै थिए। अत्यन्त धेरै दुर्घटना हुने मार्गको रुपमा रहेको सो डुंगा मार्गमा गत वर्ष हरेक पटक औसतमा १४ जनाको मृत्यु हुने गरेको शरणार्थी नियोगले जनाएको छ।