काष्ठमण्डपमा बन्यो सुनको मण्डप, चारवटा थामका लागि दुई किलो सुन प्रयोग

भूकम्पले भत्काएको तीन वर्षपछि काष्ठमण्डप पुनर्निर्माणका क्रममा महत्वपूर्ण मानिएको ुप्यंग थाुं ९चारवटा मूल थाम० आज ठड्याइँदैछ।

आज बिहान हनुमानढोका परिसरमा काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले थामहरुको संकल्प पूजा गरेका थिए। बज्रयान पद्धतिबाट सम्पतिरत्न बज्राचार्य र वैदिक पद्धतिबाट महेश्वर जुजुले पूजा संचालन गरेका थिए।

पूजामा जीवित देव गणेश, भैरव, मखं कुमारी, काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, संघीय र प्रादेशिक सांसद, सरकारी अधिकारी लगायत स्थानीयको सहभागिता थियो।

संकल्प पूजाको क्रममा उपस्थित सबैले ुकिगः तिनिउु ९चामल चढाएर० काष्ठमण्डप पुननिर्माणको संकल्प गरेका थिए।

पूजा सकिएपछि महानगर प्रमुख शाक्यले तीनवटा थाम काष्ठमण्डप पुनर्निर्माणका मूख्य नाइके लक्ष्मीभक्त राजचललाई हस्तान्तरण गरे। उनीहरुले वसन्तपुर वरिपरिका तीन टोलका समुदायले बाँसले काँधमा बोकेर हनुमानढोकादेखि काष्ठमण्डप पुर्‍याएका थिए। उनीहरुलाई सेना र प्रहरीले साथ दिए। सबैभन्दा ठूलो थामलाई भिंद्य त्वाका त्वग त्वा खलस्, दोस्रोलाई अशोक विनायक गुठी मरु र तेस्रो मखं ज्यापु गुठीका सदस्यहरुले परम्परागत तरिकाले बोकेर काष्ठमण्डप पुर्‍याएका थिए। उपत्यकाका विभिन्न टोलका बाजा खलस् हरु बाजा बजाउँदै थामलाई काष्ठमण्डप पुर्‍याउने उत्सवमा सहभागी भएका थिए।

काष्ठमण्डपमा चारवटा मूल थाम हुनेमा एउटा थाम भने पुरानै काष्ठमण्डपको प्रयोग हुनेछ। पुरानो थामलाई हिजो नै विधिपूर्वक काष्ठमण्डप पुर्‍याइएको समिति अध्यक्ष शाक्यले बताए। पुनर्निर्माणको सिलसिलामा ुईःलोंहु बनाउने प्रयोजनका लागि मजिपाट, चिकंमुगल, कोहिटी, भिमसेन स्थान, रामघाट, मरुहिटी आदि स्थानमा प्रयोगविहीन अवस्थामा रहेका नौ थान ढुंगाहरु संकलन गरिएको थियो। उत्खननका क्रममा ुईःलोंहु राखेर त्यसमा ुथाुं अड्याइएको पाइएको थियो।

दुई किलो सुन

पुरानो काष्ठमण्डपमा जस्तै सुनको मण्डप बनाई ुईःलोंहु र मूल थामको बीचमा राखिएको थियो। चारवटा थामका लागि दुई किलो सुन प्रयोग गरिएको समितिका सचिव गौतम डंगोलले जनाकारी दिए। आजै एउटा थाम ठ्डयाइ सकिएको छ। काष्ठमण्डप पुर्‍याइएको थामलाई अगाडि र पछाडि तानेर स्थानीयहरुको सहयोगमा डोरीले तानेर ठड्याइएको थियो। थामलाई डोरीको सहयातले विस्तारै माथि उचाल्दै र बाँस र काठले अड्काउँदै ठड्याइएको हो। थाम उचाल्ने क्रममा सानो गल्तीले अस्थायी रुपमा राखिएका बाँस र थामलाई हानी हुनसक्ने भन्दै विशेष ध्यान दिइएको थियो।

बर्दिवासबाट काठ

समितिका अध्यक्ष शाक्यले थाम ठ्डयाउनु काष्ठमण्डप पुनर्निर्माणको महत्वपूर्ण कार्य रहेको बताए। काष्ठमण्डप पुनर्निर्माणमा नयाँ र पुरानो गरी २७ हजार क्युफिट काठको आवश्यक्ता रहको उनले बताए। बाँकी काठसम्बन्धी कामहरु हनुमानढोका स्थित समिति कार्यालयमा भइरहेको छ। नयाँ काठहरु बर्दिबासबाट ल्याइएको हो। ुप्यंग थाुं निर्माणका लागि गत पुस १७ काठ ल्याइएको थियो।

११–१२ औं शताब्दीमा निर्माण गरिएको भनिएको काष्ठमण्डप उत्खननका क्रममा सातौं शताब्दीमै बनेको फेला परेको थियो। अझ पुराना काठहरुमध्ये एउटा काठ पाचौं शताब्दीको रहेको फेला परेको थियो। यसबाट पहिला काष्ठमण्डप सानो रहेको र पछि फेरि काष्ठमण्डपमा तल्ला थपिएको हुन सक्ने अनुमान गरिएको छ। 

काष्ठमण्डप भूकम्पले मात्रै नभई काठहरुको मर्मत सम्भारको कमी र त्यसमा प्रयोग भएका सामाग्रीहरुको आयु सकेकाले पनि ढलेको विज्ञहरुको राय छ।त्यसैले यसपटक काठको छनौट र थामको रेखदेखमा विशेष ध्यान दिने शाक्ले बताए। नयाँ काठको औसत आयु कम्तीमा तीन हजार वर्ष हुने अनुमान समितिले गरेको छ। पुरानासँग नयाँ काठको प्रयोग गरी बनाइदै गरेको काष्ठमण्डपको पुनर्निर्माण तीन वर्ष भित्र पूरा गर्ने लक्ष्य लिइएको छ।