विद्रोही नेकपाका दुईजना नेता गिरफ्तार
अछाम,नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामका दुईजना वैकल्पिक जिल्ला कमिटी सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।
वैकल्पिक जिल्ला कमिटी सदस्य तथा दलित मुक्तिमोर्चा अछामका जिल्ला सचिब दिलिप बि.क, बेकल्पिक जिल्ला कमिटी सदस्य नवराज धमालालाई शनिरवार विहान घरमै सुतिराखेको अवस्थामा गरिफ्तार गरिएको नेपाल कम्युनिस्ट पार्टी अछामका सेक्रेटरी जयसिंहले विज्ञप्ती निकालेर पुष्टी गरेको छ ।
साथै राज्य विरुद्धको मुद्धा लगायर एक महिनाको लामो हिरासत बसाई पछी अदालतले धरौटीमा रिहा गर्न आदेश गरेका जिल्ला कमिटी सदस्य आदर्श लाई पुन: अदलात परिसर वाटै गरिफतार गरी हरिासतमा राखेको प्रती पार्टीको गम्भिर ध्यानाकर्षण भएको कुरा विज्ञप्तीमा जनाईएको छ ।
आफ्ना नेता कार्यकर्ता तथा सुभचिन्तकहरु लाई झुटा मुद्धा लगाई गिरफ्तार गर्ने, अनावस्य धरपकड गर्न तत्काल वन्द गर्न नेकपा चेतावनी दिएको छ ।
हाल सरकारले विप्लब नेतुत्वको पार्टी माथि प्रतिवन्ध लगाए पश्चात पाच सय भन्दा बढी नेता कार्यकर्ता गिरफ्तार भएर भिभिन्न मुद्धा खेपी रहेका छन् । स्थाई समिती सदस्य तथा मध्य कमाण्ड इन्चार्ज शुदर्शन, पोलिटव्युरो सदस्यहरु जिवन्त, रणविर, केन्द्रीय सदस्य वन्धु चन्द, असल खडकाा, चुुुुडामणी वली आदर्श, प्रजोवल लगायतका केन्द्रीय स्तरका नेता तथा जिल्ला स्तरिय सैयौ नेता तथा कार्यकर्ता हिरासतमा छन् ।
(हेर्नुहोस विज्ञप्ती)