चर्को गर्मी छ पिउने पानी छैन,ठुला योजनाले सामान्य कुरामा ध्यान छैन
बाँके,नेपालगञ्ज उपमहानगरपालिकाको गेटमा बसेका सुरक्षागाडले गुनाशो गरे । हेर्नुस न सर ! चर्को गर्मी छ पानी खाँउ भन्यो धारामा पानी छैन । औलो तेर्स्याउदै भने उ पर पुगेर पानी पिएर आउनु पर्छ । यो कुनै काल्पानिक कुरा हैन नेपालगञ्ज उपमहानगरपालिकाकै कर्मचारीहरूको गुनाशो हो ।
सुरक्षा गार्ड मात्रै हैन नेपालगञ्ज उपमहानगरपालिका सेवा लिन पुगेका सेवाग्रही समेत हरदिन यस्तै यस्तै गुनाशो पोख्छन । उपमहानगरपालिका जस्तो ठाँउमा राम्रो पानी पिउने ब्यवस्था छैन ।
अहिले नेपालगञ्जको गर्मी ४२ डिग्री सेल्सियसको उतारचढाबमा छ । सामान्य कुरा पिउने पानी समेत नराख्नु उपमहानगरपालिकाको चरम लापरबाहि भएको बताउछन सेवाग्रही बिनोद यादव उनका अनुसार ठुला र महत्वपुर्ण काममा ध्यान जानले सानातिना कुरामा ध्यान नगएको होला ।
साबृजानीक मान्यता अनुसार गर्मी सिजनमा धेरै पानी पिउनुपर्छ । दैनिक आठ गिलास अर्थात कम्तीमा दुई लिटर त पिउनैपर्छ ।’
यस्तो नमागिएको सुझाव हामी प्रायः हरेह दिन पाउने गर्छौं । पानी जीवन हो । पानीको महत्व हाम्रो जीवनमा अहम् छ । यसकारण बढीभन्दा बढी पानी पिउनुपर्छ । तर पानीका विषयमा यस्तो चर्चा, सुझाव वा चासो पहिला थिएन ।