एनजियो, आईएनजियोलाई जनसत्तामा दर्ता गर्न बिप्लवकाे यस्ताे उर्दी
प्रकासित मिति : २०७६ बैशाख २४, मंगलवार १२:३७
प्रकासित समय : १२:३७
नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाको उदयपुर जनपरिषद नेपालले जिल्लामा कार्यरत विभिन्न संघ संस्था र ब्यबसायीहरुलाई जनसत्तामा दर्ता गर्न आव्हान गरेको छ ।
आबस्यक कागजात सहित ७ दिन भित्र उदयपुर जनपरिषदको कार्यलयमा उपस्थित हुन भनेको छ ।
जिल्लामा कार्यरत सम्पूर्ण एनजियो, आईएनजियो, जिल्लामा संचालित सम्पूर्ण निजिबिद्यालयहरु, जिल्लामा रहेका र हाल काम गरिरहेका निर्माण ब्यबसायी र सप्लायर्स, यातायात ब्यबसायिहरु, जडिबुटी/धन जन्यपदार्थ सम्बन्धि ब्यबसायिहरु, निजि अस्पताहरुलाइ आफ्नो जनपरिषद नेपालमा दर्ता अनुरोध गरेको छ ।
परिषदको तर्फबाट प्रमुख मौसमले एक बिज्ञप्ति जारीगर्दै तोकिएको समय भित्र दर्ता गर्न नआउने संघरसंस्था र ब्यबसायिहरुको सम्पूर्ण कामकारबाही रोक्का गर्ने चेतावनी समेत दिएको छ ।
(हेर्नुहोस बिज्ञप्ती)