राजधानी माग्दै विराटनगरमा सिटि प्रर्दशन

२० विघा जग्गा दिने धरानको घोषणा

धरान,सुनसरीको धरान उपमहानगरपालिकालाई प्रदेश १ को राजधानी घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ।

आइतबार धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीको नेतृत्वमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि र स्थानियवासीले विराटनगरस्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन्।

प्रदेश राजधानीका लागि विराटनगर, इटहरी र धनकुटाबासीले आन्दोलन गरिरहेका बेला धरानवासी आन्दोलनमा उत्रिएका हुन्। प्रदेश राजधानी धरानलाई दिए २० विघा जग्गा उपलब्ध गराउने घोषणासमेत गरिएकाे छ ।

धरानबासीको टोलीले मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीप भण्डारी, नेकपा प्रदेश इन्चार्ज भीम आचार्य र कांग्रेस नेता राजीव कोइरालालाई भेटेर धरान राजधानी बनाउन माग गर्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।