ए हजुर ! खुला दिसामुक्त क्षेत्रमा बोतल बोकेर कता ?
एकाबिहानै याे तस्विरमा एकजना मान्छे बताेल बाेकेर खुला ठाँउतिर हिडिरहेका छन । उनि कुनै महत्वपुर्ण अन्य काम लिएर गएका हाेइनन । उनि बताेल बाेकेर साैच गर्न हिडेका हुन । याे त एउटा उदहारण मात्रै हाे ।
सरकारले खुला दिशामुक्त क्षेत्र घोषणा गरेको याे ठाँउलाइ स्थानियले धज्जि उडाइदिएका छन । खुलादिसामुक्त क्षेत्रकाे मसि सुक्न नपाँउदै कपिलबस्तु दल्दलाका स्थानियलाई खुलादिशामुक्त अभियान रमाइलो जोक बनेको छ । एकघर एक सौचालयको नितिलाई कोबामा राखि उनिहरु बतोल बोकेर खुला ठाँउमा सौच गरिहेका छन ।
कपिलवस्तु नगरपालिका ६ बेलास्पुरका स्थानियलाइृ खुला दिसामुक्त क्षेत्रको कुनै प्रभाव परेको छैन । कपिलबस्तुको अधिकांश स्थानीय तहले संचालन गरेको खुल्ला दिसा मुक्त अभियान कागजमै सीमित भएको छ । अभियानको क्रममा शौचालय नहुने अधिकांश नगरपालिका र गाउँपालिकाहरुलाई पनि खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरेर अभियानलाई कागजमा मात्र सिमित गरेको पाइएको हो ।
सरकारले दिएको समय भित्रै खुल्ला दिसा मुक्त अभियान कार्यक्रम हतार हतारमा सक्ने होडवाजी नै चलेको थियो ।तर उपलब्धि भने केही देखिएको छैन ।
घरमा शौचालय बनाए पछि मात्र पाउने सरसफाई कार्ड नभएका ब्यक्तिहरुलाई सरकारले दिने सम्पूर्ण सरकारी सेवा सुविधाहरु रोक्का गरिने निर्णयको पनि खिल्ली उडिरहेको छ ।