नस्लीय शासकका तालिम प्राप्त लुटेरा र गणतन्त्रको बाँसुरी
भनिन्छ हरेक समस्याको समाधान युद्ध होइन तर समस्याले युद्धको माग गर्दछ भने समाधान त्यसैभित्रबाट हल हुन्छ । सन्जु
नेपाली राजनीतिमा समस्याको सयौं उपायहरू अपनाइएको छ । तर समाधान सम्झौतामा सुल्झाउने गरिएको पनि छ । राणाहरुको निरङ्कुकुशताबाट छुटकारा पाउन राजा र काँग्रेस मिलेर आन्दोलन गरे अन्तमा दरबारिया काग्रेस र रानाहरु बिचमा सम्झौता भयो । प्रजातन्त्र नामको साइनबोर्ड झुण्डाएर रानाहरुकै अर्को रुप पञ्चेहरु आय पञ्चेहरुले देशलाई सक्दोसम्म लुटे त्यसपछि पञ्चायतको विरुद्धमा काग्रेस र बामपंथी बिचको सयुक्त मोर्चा बनाएर लडे ।
त्यसपछि फेरि अर्को सम्झौता भयो । दरबारिया पञ्चे ,काँग्रेस र बामपंथी बिचको सम्झौता भयो । राजालार्इ संबैधानिक बनाएर राणा पञ्चेहरुको तेस्रो पुस्ता बनेर संसदिय बहुदलीय ब्यबस्थाको नाममा अर्को साइनबोर्ड टाकियो । पञ्चायती मंडली र बहुदलीय भडुवाहरुले राष्ट्रिय उद्योग कलकारखाना सबै बेचेर सम्पुर्ण रुपले राष्ट्रलाई कंगाल र बेरोजगारीको मुख्य अखाडा बनाए ।
२०५२ सालमा नेकपा माओवादीको अगुवार्इमा सम्पुर्ण समस्याको हल जनताको बल र जनयुद्धबाट हुनसक्छ भनेर जनयुद्धको सुरुवात गरियो हजारौंको संख्यामा बलिदान घाइते अपांग भएर पनी जनयुद्धको पहिलो स्थापित र त्यसको औचित्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित भयो ।
यहाँ नेर तालीम प्राप्त लुटेराहरुको जमातले इमानदार स्वच्छ छवि भएका कर्मचारी शिक्षक,डाक्टर ,पाइलट ,कर्मचारी नेता कार्यकर्ता सबैलाई प्रचारप्रसार साम्राज्य अफवाह फैलाएर राष्ट्रिय सम्पत्तिलाई योजनाबद्ध लुटने सोच स्पष्ट देखिन्छ । जस्तै कुलमान घिसिङ , प्रेम संज्याल, बिजय लामा लगायत राष्ट्रबादी सोचाइ भएका राजनीति दल र प्रजातान्त्रिक शक्तिमाथी कु गरेर आफ्नो ब्रमलुटको स्वर्गको रजाइ गर्ने सोच नै यी तालिम प्राप्त लुटेरा समुहहरुको छ ।
राष्ट्रियस्तरमा संसदबादीहरुलार्इ उनै निरंकुश मंडलीहरुले खोरमा थुनेर एकलौटी राष्ट्र लुट्ने प्रत्यन भएपछि माओवादी भित्रमा रहेको गलत चिन्तन र आत्मसुरक्षाबादी सोच भएका केहिलार्इ साथमा लिने र आफ्नो अनुकूलतामा नेपाललाई अस्थिरतामा राखेर सम्पुर्ण रूपमा लुटने योजना अनुसार काग्रेस,तत्कालीन एमाले र माओवादी बिचमा १२ बुँदे सम्झौताको नाटक रचेर दिल्ली युरोप र अमेरिकी गुरु योजनामा नेपालमा नब उपनिवेश कायम राखियो ।
कथित संविधानसभाको नाम मञ्चन गरियो । त्यसमा दशबर्षे जनयुद्धको कुनै एजेन्डा नराखेर माओवादी भित्रको क्रान्तिकारी तप्कालार्इ सिद्याउने र आफू अनुकुलको शक्तिलाई सत्तामा पुर्याउने र नेपाललाई सधैंभरी अस्थिर बनाइ राख्ने लामो कसरतपछि एउटा नर्बेली एजेन्डा बोकेर संविधानको खेस्रा कोरियो । जुन संविधान नेपाल र नेपालिको हित अनुकुल नभएर मुठिभर माफियाको हितमा लेखियो । नेपालको बर्तमान संविधान र कानुन दुबै नत काग्रेस पार्टिको सिद्धान्त निष्ठ छ । नत कम्युनिस्ट सिद्धान्त निष्ठ छ । यो संविधान केवल पश्चिमा शक्तिकेन्द्र हित अनुकूल भएको जग जाहेर छ ।
ठिक यो संविधान बनाउदा नै पुर्बपञ्चेहरु जसरी बहुदलको खोल ओडेर सत्तामा पुगेर काँग्रेसको मुख्यकुण्डोले मुख छोपेर सत्तालाई बिदेशी दलाललाई सजिलैसँग राष्ट्रिय महत्त्वका कलकारखानालाई बेचेर नेपाली जनताको मानवीय श्रमशक्ती बिदेश बेच्ने बनाउने काम तिनै पञ्चायती डगभग कमेडियनहरुले २०४७ देखि २०६२ र ०६३ सम्म बहुराष्ट्रिय कम्पनी निर्माणका नाममा उद्योग कलकारखाना बेचेर खाने काम गरेका थिए ।
तिनीहरुकै शिष्य चेलाहरु महाकाली ,टनकपुर कालापानी शुस्ता अरुण अपर कर्णाली अरुण ३ लगायतका जतिसुकै बिषयमा मुद्दा उठाउने गरेपनी खासगरी पञ्चे काँग्रेस एमाले नाममा सत्ता पक्ष र प्रतिपक्षी भएर बेलाबेलामा राष्ट्रिय सम्पत्तिलाई लुट्ने र बेच्ने गरेका हुन ।
त्यस्तैगरि २०६२ र ०६३ सालदेखि पछाडिको समयमा तत्कालीन माओवादीले सत्तामा बसेर पहिलो चरणमा केही सकारात्मक देखाए पनि २०६८ सालदेखि पछाडिको कम्युनिस्ट नैतिक चरीत्र पतन भएपछि पुराना पञ्चायतका दलाललाई प्रचण्ड मुखमुकुण्डो ओडायर तस्कर भुमी दलाल जङ्गलमा काठको तस्करमा सघाउन र सिक्न तयारी गरे ।
बिदेशी शक्ति राष्ट्रहरुको प्रशिक्षण पाएका तत्कालीन एमाले माओवादी काँग्रेस र राज संस्थाको प्रखर बिरोधि तर राजनीति रूपमा राज संस्थालाई मागि खाने भाडो बनाउने छुद्र लुटेरा सबैले मिलेर बनाएको संविधान तालीम प्राप्त शाषकको तेस्रो पुस्ता नै सम्मिलित छन । त्यसैको प्रारम्भिक प्रारुप देखिएको भ्रष्टाचारको चाङलाइ गहिरिएर अध्यन गर्ने हो भने हरेक राष्ट्रिय सम्पत्तिको हिनामिनामा पञ्चायत देखिका गणतन्त्र संचालक उनि पुरानै अनुहार भएका गणतन्त्र नामको मुखेलो मुकन्डाएर यो बेथीती निम्त्याएको देखिन्छ ।
भ्रष्टाचारको सिमा चुलिदा सबै राजनीति दलहरूले मिलाएको सेटिङ्नै योजनाबद्ध लुट्को राजनीति बुझिन्छ । जहाँज खरिद प्रकरणमा बर्तमान सरकारले भ्रष्टाचार गर्यो भनेर प्रश्न चिन्ह उठाउन बित्तिकै तत्कालीन काँग्रेसको नाम जोडिएको देखिन्छ । एनसिएल कर छली प्रकरणमा एनसिएललाई ताकेता गर्छन ।
सत्तारुढ नेकपालाई जोडिएको पाउँछन् बालुवाटार जग्गा भ्रष्टाचारको सत्तारूढ नेकपाको जिम्मेवार ब्यक्तीको नाम जोडिएर आउँछ । नेपाली काँग्रेसका पनि जिम्मेवार नेता कार्यकर्ता जोडिएको पाइन्छ । काँग्रेसलाई जोडिएको भ्रष्टाचार तत्कालीन पञ्चायतका पञ्चहरु नै जोडिएको पाइन्छ ।
यहाँ एउटामात्र आधार के देखिन्छ भने राजतन्त्र देखि बहुदल र गणतन्त्रसम्म आउँदा भ्रष्टाचारको एउटा मात्र जालो च्यात्न खोजियो भने राजतन्त्र संसदिय बहुदलीय ब्यबस्था अन्तर्गतको यो गणतन्त्रसम्मका सत्ताका नाइके एउटै साङ्लोमा बाधिने संभावना प्रबल छ । यो सबै कर्तुत बुझ्ने हो भने जतिसुकै भ्रष्टाचार बेथिति निम्त्याएको छ । यो सबै तालीमप्राप्त लुटेराहरुको संजालले गरेको देखिन्छ ।
यहाँ नेर तालीम प्राप्त लुटेराहरुको जमातले इमानदार स्वच्छ छवि भएका कर्मचारी शिक्षक,डाक्टर ,पाइलट ,कर्मचारी नेता कार्यकर्ता सबैलाई प्रचारप्रसार साम्राज्य अफवाह फैलाएर राष्ट्रिय सम्पत्तिलाई योजनाबद्ध लुटने सोच स्पष्ट देखिन्छ । जस्तै कुलमान घिसिङ , प्रेम संज्याल, बिजय लामा लगायत राष्ट्रबादी सोचाइ भएका राजनीति दल र प्रजातान्त्रिक शक्तिमाथी कु गरेर आफ्नो ब्रमलुटको स्वर्गको रजाइ गर्ने सोच नै यी तालिम प्राप्त लुटेरा समुहहरुको छ ।
जसको योजना नेपाल सेना सेतलाई कब्जामा लिने प्रयत्न हुदैछ । यस्ता लुटेराको विरुद्धमा ईमान्दार राजनीति पार्टी कर्मचारी उत्पीडित समुदाय कलाकार पत्रकार सेना र जनताको सयुक्त ताकतको एकीकृत मोर्चाबन्दी हुन जरुरी छ।