नरेन्द्र मोदी अब केहिदिनका लागि मात्रै भारतका प्रधानमन्त्री

भारतमा भैरहेकाे लोकसभाको निबार्चनले भारतिय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको कुर्सीलाई समेत हलचल अबस्थामा पुर्याइदिएको छ ।

भारतमा आगामी सरकारको नेतृत्व कुन दलले गर्ने फैसलाका लागि अहिले लोकसभाको निर्वाचन भइरहेको छ । लोकसभामा निर्वाचनमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपा र राहुल गान्धी नेतृत्वको भारतीय कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ ।

यसैक्रममा फेरिपनि शनिबार पत्रकार सम्मेलन गरेर कांग्रेस अध्यक्ष गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपामाथि कडा टिप्पणाी गरेका छन् । आधा चुनाव पछि प्रधानमन्त्री मोदीले चुनाव हार्ने तय भएको राहुलले दाबी गरेका छन् ।

उसो त उनले केहि समय अगाडि पनि भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले पत्रकार सम्मेलन गर्दै मोदी र भारतीय जनता पार्टीको सरकारलाई केही दिनको पाहुना मात्रै भएको बताएका थिए । परस्थितिले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई त्यस्तै ठाँउमा पुर्याइदिएको छ । गान्धीले आधा चुनावपछि प्रधानमन्त्री मोदीले चुनाव हार्ने निश्चय नै भएको दावी गरेका थिए ।

गान्धीले भनेका थिए , ‘चुनाव आधाभन्दा धेरै सकिएको छ । स्पष्ट हुन्छ कि, मोदी चुनाव हार्दैछन् । किसान, भ्रष्टाचार, रोजगार संस्थामाथि अतिक्रमण मुख्य मुद्दा हुन्, यही कारणले गर्दा नै भाजपाले चुनाव हार्दैछ ।’

भारतीय जनता पार्टीसँग कुनै खास मुद्धा नभएको भन्दै जनताको ध्यान भड्काउन अनेक षडयन्त्र भइरहेको पनि दावा गरेका थिए ।