नेपाल र भारत सिमाना रूपैडिया नाका ३ दिन बन्द हुने
प्रकासित मिति : २०७६ बैशाख २०, शुक्रबार १९:४२
प्रकासित समय : १९:४२
नेपालगञ्ज,बाँके नेपाल–भारतको सीमानामा पर्ने रूपैडिया नाका ३ दिन बन्द हुने भएकाे छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा हुने भारतिय लोकसभाको निर्वाचनका कारण २१ गतेदेखि २३ गतेसम्मा बन्द हुने भएको हाे ।
जिल्ला प्रशासन कार्यालय बाँकेले अाज एक बिज्ञप्ति जारी गरी २१ गतेदेखि २३ गतेसम्मा बन्द हुने जानकारी दिएकाे हाे ।
शान्ति सुरक्षालाई मध्य नजर गरी आपराधिक घटना हुन नदिने उद्देश्यले दुवैतर्फ सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा व्यवस्थासमेत मिलाउने सहमति भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।