पुरुष किन कम रुन्छन् ?
हामीले देखेको तर पूर्ण रूपमा बुझ्न नसकेको एउटा रहस्य हो, पुरुष कम रुने कारण । दुःख, आवेग, पश्चात्ताप, खुशी, प्राप्ति तथा गुमाउँदाका क्षणमा सबैको आँसु आउने गर्छ । यो मानवीय स्वभाव हो । यस्ता क्षणमा रुनुलाई मानवका लागि फाइदाजनक मानिन्छ । तर आश्चर्यको विषय, यिनै क्षणमा पुरुष महिलाको तुलनामा अत्यन्त कम रुन्छन् । यस विषयमा लन्डनका प्रिन्स ह्यारीले दुई वर्षअघि एउटा डकुमेन्ट्रीमा उल्लेख गरेका छन् । उनले आफ्नो उमेरको २२ वर्ष बितिसक्दा केवल आमाको मृत्युमा मात्र आँसु खसाएका थिए । ‘यही दिन पहिलोपटक रोएको थिएँ, जबदेखि मैले थाहा पाएको थिएँ, मानिसले दुःख विभिन्न तरिकाले पोख्छन्, मैले यसलाई हेर्छु र बाहिर निकाल्छु,’ ह्यारीले भनेका छन् ।
प्रिन्स ह्यारीको प्रस्तुतिले ठूलो प्रश्न जन्मियो, किन पुरुष महिलाभन्दा कम रुन्छन् । प्राध्यापक एडी भिंगरहोयट्सले मानिसको आँसुको विषयमा होल्यान्डमा नयाँ अनुसन्धान गरे । उनको अनुसन्धान अनुसार महिला प्रतिवर्ष कम्तीमा ३० देखि ६४ पटक रुन्छन् भने पुरुष मात्र ६ देखि १७ पटक मात्र रुने गर्छन् । मनोविज्ञ जर्जिया रायले पुरुष कम रुनुको पछाडि धेरै बलियो सामाजिक तथा मनोवैज्ञानिक पक्ष जिम्मेवार रहेको बताएकी छन् । ‘पुरुष महिलाभन्दा कम रुनुको पछाडि प्राकृतिक र कृत्रिम दुवै कारण जोडिएका छन्,’ उनले भनेकी छिन्, ‘पुरुषमा संवेग आउने ‘प्रोल्याक्टिन हर्मोन’ महिलाको भन्दा अत्यन्त कम हुन्छ, त्यसकारण यो शरीरको हर्मोनसित सम्बन्धित छ ।’ त्यत्तिकै मात्रामा सांस्कृतिक कारण पनि छ । समाजले एकतर्फी रूपमा पुरुषबाट राख्ने अपेक्षाले पुरुषको संवेगात्मक आँसुलाई निरुत्साहित गर्छ । मानवको आँसु आउनुका अनगिन्ती कारण हुन्छन् । जस्तो कि दुःख, रिस, पश्चात्ताप, आनन्द, उत्सर्ग आदि ।
प्राध्यापक एडी भिंगरहोयट्सद्वारा आँसुको विषयमा होल्यान्डमा गरिएको अनुसन्धानअनुसार महिला वर्षमा कम्तीमा ३० देखि ६४ पटक रुन्छन् भने पुरुष मात्र ६ देखि १७ पटक रुने गर्छन् ।
यी कुरा थाहा पाउन जटिल छ । आँसु किन आउँछ भन्ने विषयले वैज्ञानिकहरूलाई सयौं वर्ष आश्चर्यचकित पा¥यो । सन् १९७२ मा चाल्र्स डार्बिनले आँसुको कुनै उद्देश्य नहुने निर्णय गरेका थिए र भनेका थिए, ‘हामीले देखिरहेका हुन्छौं कि आँसु परिघटनाको परिणामको रूपमा झरेको हुन्छ यो आँखाबाट बाहिर निस्कन्छ ।’ सयौं दशकपछि प्राध्यापक भिंगरहोयट्सले डार्बिनको तर्कलाई अस्वीकार गरे र उनले वैकल्पिक तर्क अघि सारे, ‘आँसु शरीरको प्राकृतिक विषादी पोख्ने माध्यम हो ।’
लन्डनका डा. निक नाइटले आँसुको विषयमा पिएचडी गर्दै आवेग र संवेगले मस्तिष्कमा रहेको लिम्बिक ग्रन्थिमा सन्देश पु¥याउँछ र आँसु झर्छ । जब कोही रुन खोज्छन्, उसका संवगेहरूले मस्तिष्कका नसाहरूलाई आँसु झार्ने सन्देश दिन्छ । मानसिक रोग अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. अनन्तराज अधिकारीका अनुसार रुनु भनेको मनको हावा फाल्ने माध्यमजस्तै हो । जुन निस्किन पाएन भने विभिन्न मनोवैज्ञानिक समस्या उत्पन्न हुन सक्छ । नरुने र मनको कुरा नखोल्ने मानिसमा कतिपय अवस्थामा कडा खालको मानसिक रोग पनि उत्पन्न हुन्छ । नरुने र मनमा कुरा लुकाउने मानिसमा स्माइलिङ तथा भास्ट डिपे्रसन हुने डा. अधिकारी बताउँछन् । ‘यो रोगमा बाहिर खुसी देखिन्छ, भित्र भने डिपे्रसन भइसकेको हुन्छ,’ उनले भने । यो रोग लागेमा कतिपयले सुटुक्क आत्महत्या पनि गर्ने उनी बताउँछन् । उनका अनुसार दक्षिण एसियाली मुलुकमा पुरुषलाई सबै कुरामा बलियो रूपमा समाजले प्रस्तुत गरेकाले पनि पीडा लुकाउने या पुरुष कम रुने चलन कायमै रहेको हो । ‘यसको अन्तिम असर मनोरोगमा पुग्छ,’ उनले भने ।