अन्ततः बिद्यालय प्रशासनले सच्यायो आफ्नो निर्णय
बाँके संयुक्त सात बिद्यार्थी संगठनले कोहलपुर नगरपालिकाको नगर शिक्षाशाखामा तालाबन्धी गरे लगतै त्रिभुवन नमुना मध्यामिक बिद्यालयले आफनो निर्णय सच्याएको छ ।
संयुक्त बिद्यार्थी संगठनको चरणबद्ध आन्दोलनको दवावले बिद्यालयले निर्णय सच्याएको हो । केही दिन पहिले सिट सँख्या सिमित रहेको भन्दै विद्यालयले नयाँ विद्यार्थी भर्नाकालागि आवेदन माग गरेको थियो । आवेदन भरेका विद्यार्थीहरुमध्ये ४ सय बढि विद्यार्थीहरुलाई विद्यालयमा भर्ना नगरिएपछि कोहलपुर क्षेत्रमा रहेका विद्यार्थी संगठनले उक्त कार्यको बिरोध गर्दै आएका थिए ।
सरकारी बिद्यालयमा भर्ना हुन आएका सयौँ बिद्यार्थीलाई प्रबेश परिक्षाको नाममा बिद्यार्थीको पढन पाउने नैशर्गिक अधिकारलाई कुण्ठित गरिएको भन्दै केहि समय अगाडि त्रिभुवन नमुना माबी कोहलपुरमा ज्ञापनपत्र समेत बुझाएका थिए । पछिल्लो चरणमा बिद्यार्थीहरुको मागलाई संबोधन गरिएको छ ।
नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक र कर्तव्यको धारा ३१ को उपधारा २ बमोजिम ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यामिक तहसम्मको शिक्षा निशुल्क पाउने हक हुनेछ’ भनि व्यवस्था गरिएको छ ।
यो संगै देशैभर सरकारलेनै ठुलो धनराषी खर्च गरेर भर्ना अभियान चलाएको छ । अभियानमा घरघरमै गएर पनी विद्यार्थी भर्ना अभियान सुचारु गरेकै अवस्थामा बांकेको कोहलपुर नगरपालिका वडा नं १० स्थित यस क्षेत्रकै अव्वल तथा प्रतिस्ठित नमुना सामुदायिक बिद्यालयको रुपमा चिनिएको त्रिभुवन माध्यामिक विद्यालयले भौतिक पुर्वाधारको बहाना बनाएर नयां शैक्षिक सत्रमा भर्ना हुन आएका बिद्यार्थीहरुलाई प्रवेश परीक्षाको आधारमा भर्ना हुनवाट वन्चित गरिएका सवै नयाँ बिद्यार्थीलाई पुन भर्ना हुन पाउने निर्णय गरेको छ । कोहलपुर नगरपालिकाको समन्वय तथा अगुवाइमा भएको छलफल सोमबार साँझ सहमतिमा टुगिंएको बताइएको छ ।
सरकारबाट अनुदान पाएका कुनै पनि सरकारी विद्यालयहरुमा प्रवेश परीक्षाका नाममा कुनै पनि विद्यार्थीहरुलाई रोक्न नहुने भन्दै बिप्लव नेतुत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठनको साथै बाँके जिल्लामा क्रियासिल ७ वटा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती मार्फत आन्दोलनका कार्यक्रमहरु अगाडि बढाएका थिए ।
समस्या समाधान गर्न दिइएको २४ घण्टे अल्टिमेटम सकिएपछी त्रिभुवन माध्यामिक विद्यालयको सो निर्णय सच्याउन सम्वन्धित निकायले ध्यान नदिएको भन्दै तालाबन्दी गरि आन्दोलनलाई शसक्त बनाउने भन्दै बिहिबार कोहलपुर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेका थिए ।
आन्दोलनले दिन प्रतिदिन उग्र रुप लिन थालेपछि विहिबार दिउँसो विद्यालयमा नगर प्रमुख लुटबहादुर रावतको बिशेष उपस्थितिमा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दथरथ बुढा, सामाजिक विकास संयोजक नारायणी वली, नगर शिक्षा प्रमुख अनन्तराज पौडेल, वडा नं१० वडा अध्यक्ष निम बहादुर चलाउने निरज, विद्यालयका प्रधानध्यापक देवका थापा, बिद्यालय व्यावस्थापन समिती अध्यक्ष लाल वहादुर राना, विद्यार्थी संठगनको तर्फवाट डिबि शाही, राजेन्द्र विष्ट, संगम पोख्रेल लगायत नेताहरुकोको उपस्थितीमा ४ वटा निर्णयमा सहमति भएको छ ।
शैक्षिक सत्र २०७६ का लागि बैशाख २० गतेदेखि २६ गतेसम्म विद्यालयले पुनः भर्ना हुनका लागि सूचना प्रकाशित गर्ने, विद्यालयको भौतिक तथा जनशक्ति अपुग भएमा दुई सिफ्टमा कक्षा संचालन गर्ने, यसका लागि आवश्यक भौतिक पूर्वाधार र जनशक्तिका लागि नगरपालिकाले सबै कुरा व्यवस्थापन गर्ने गरि सरोकारवाला निकायहरु सँगको छलफलबाट सहमती भएको अखिल क्रान्तिकारी बाँकेका सचिब डिबि शाहीले जानकारी दिए ।
यस्ताे सहमति