माग सुनुवाई नगरेको भन्दै कोहलपुरको नगर शिक्षाशाखामा बिद्यार्थीहरुले लगाए ताला

काेहलपुर ,बाँके आफना मागहरु प्रति बिद्यालय प्रशासन लाचार भएको भन्दै संयुक्त सात बिद्यार्थी संगठनले कोहलपुर नगरपालिकाकाे नगर शिक्षाशाखामा तालाबन्धी गरेका छन ।

उनिहरुले ,सरकारी बिद्यालयमा भर्ना हुन आएका सयौँ बिद्यार्थीलाई प्रबेश परिक्षाको नाममा बिद्यार्थीको पढन पाउने नैशर्गिक अधिकारलाई कुण्ठित गरिएको भन्दै केहि समय अगाडि त्रिभुवन नमुना माबी काेहलपुरमा ज्ञापनपत्र समेत बुझाएका थिए । अाफना ज्ञापन पत्रप्रति बेवास्ता गरेकाे भन्दै सात  बिद्यार्थी संगठनले अाज नगरपालिकाकाे नगर शिक्षा शाखामा बिज्ञप्ती जारी गर्दै तालाबन्दी  गरेका  हुन । 

 बिज्ञप्तिमा भनिएको छ । विद्यालय प्रशासनलाई संयुक्त ध्यानाकर्षणपत्र तथा नगर शिक्षा शाखामा सयुक्त प्रेस विज्ञप्ति मार्फत विद्यार्थीहरुको शिक्षा प्राप्तीको अधिकारको ज्ञारेन्टी लिन २४ घण्टे अल्टिमेटम दिसकेका छौ । तर त्यसकाे सुनुवाइ भयन । 

बिज्ञप्तिका अनुसार बिद्यार्थीहरुको आफुले चाहेको सामुदायिक बिद्यालयमा अध्यायन गर्न पाउने अधिकारको सुनिश्चितता स्थानिय सरकारले नगरुन्जेलसम्म सयुक्त बिद्यार्थी आन्दोलन संघर्षरत रहने जानकारी गराइएको छ ।

त्यस्तै राज्यले शिक्षाको दायित्व सम्पुर्ण रुपमा आफैले वेहोर्नु पर्ने ठाउमा झन यसवाट पन्छिन खोज्नु लज्जास्पद कुरा भएको अखिल (क्रान्तिकारी) का बाँकेका सचिब डिबी शाहीले बताए । उनले भने कुनै पनि बहानाबाजी गरेर उन्मुक्ती खोज्नु भनेको समास्याको भडख्यालोमा जाकिनु हो । समयमै समास्या हल नगरे थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी समेत दिए ।

यस्ताे छ बिज्ञप्ति