नेपालगञ्जको ब्यस्तचोकबाट दिउसै घर चोरी
प्रकासित मिति : २०७६ बैशाख १९, बिहीबार १९:२७
प्रकासित समय : १९:२७
बाँके,नेपालगन्ज उपमहानरपालिका वडा नं ११ पासाङ ल्हामु मार्गमा दिउसै एउटा घर चोरी भएको छ । आज दिउसो घरमा कोही नभएको अबस्थामा उक्त घर चोरी भएको हो ।
दिउसो करिब साढे ४ बजे लुटेराहरुको समहुले ताला ताेढफाेड गरि धनमाल लगेकाे पिडित बिमला डाँगीले जानकारी दिइन । उनले घरबाट गरगहना र नगद गरि ५ लाख बराबरको चोरी भएको समेत बताइन । घर चोरी भए लगत्तै डाँगी परिबारले प्रहरीलाई समेत जानकारी गराएको थियो ।