जोखिम नउठाउनेहरु नै जोखिममा पर्छन
प्रकासित मिति : २०७६ बैशाख १८, बुधबार १५:२१
प्रकासित समय : १५:२१
फ्रेड स्मिथ (१९४४) २४ घण्टाभित्रै समान डेलिभरी गरि सबै अफिसलाई सजिलो पार्ने आइडियामा फ्रेड स्मिथ ठोकिए । यस अभुतपूर्व विचारलाई व्यवहारमा ल्याउन उनले सारा सम्पत्ती दाउमा लगाए । पाँच वर्षसम्म उनि आफ्नो व्यवसायमा डुब्दाडुब्दै पनि बँचि रहेँ ।
एकचोटि त कर्मचारीहरुलाई तलब समेत दिन नसकी कम्पनी बन्दै गर्नुपर्ने अवस्था आएको थियो । त्यसबेला उनले लसभेगास गई जुवा खेलेर जितेर ल्याएको पैसा कर्मचारीलाई दिएर पनि आफ्नो कम्पनीलाई जोगाई राखे ।
जुन कम्पनी यत्रो वर्षसम्म टेकाउन गाह्रो प¥यो, आज त्यो कम्पनी फ्रेडरल एक्सप्रस एक चमत्कार साबित भएको छ । यो बीसौँ सताब्दीकै महान उद्यमी गाथा हो । पाँचबर्षको धैर्यपूर्वक प्रतिक्षापछि उनको कम्पनीले दश अरब डलरभन्दा बढि कमाउन सफल भएको छ ।