शहरीमन्त्री ईस्तियाक राईको गुनाशो शिलालेखमा समेत राजनीतिक जुहारी शुरू भयो
शिलालेख राजनितिक कुरा जोडियो भन्दा अनौठा लाग्ला तर नेपालमा त्यस्तै भैरहेको बताइएकाे छ । सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले बाँकेका विभिन्न स्थानमा २२ वटा शिलालेख तयार गर्न लाग्दा अन्य राजनीतिक पार्टीले विवाद खडा गरेकाे गुनाशाे गरेका छन् । उनिहरूले राजनितिक रूपमा अन्य पार्टीको सहकार्य हुनुपर्ने भन्दै बिवाद खडा गरेकाे बताएका हुन ।
बॉके जिल्लाबाट मन्त्रीदेखि प्रधानमन्त्रीसमेत हुँदा पनि अहिलेसम्म केहि नभएको भन्दै मन्त्री राइले अाफुले बिकासमा चिन्ता गरेको दावी गरेका छन । राईले मन्त्री भएको १ वर्षमै विकासको लागि करिब ७ सय करोडको बजेट ल्याउँदा अन्य राजनीतिक पार्टी सलबलाएको आरोप समेत लगाएका छन ।
उनले बादरले आफनो घर पनि नबनाउने र अरुलाई पनि बन्न नदिने अनि राजनीतिक चौपट हुन सक्ने मनसायको कारण सामान्य शिलालेखमा नाम राख्न लागिएकोमा विवाद उत्पन्न गराएको स्थानियले समेत बताएका छन् । मन्त्री राईले आफनो बिकासको गति कसैले रोकेर नरोकिने समेत दावी गरेका छन । उनले जस्तोसुकै अबरोधका बिचमा पनि नेपालगञ्जलाई नमुना शहर बनाउने दावी गरेका छन ।
को हुन इस्तियाक राई
बाँकेका जल्दाबल्दा युवा नेता हुन । । मन्त्री राई किसानका छोरा हुनुको साथै सफल व्यापारी हुन । पछिल्लो समयमा उनि बाँकेमा चार्चाको बिषय बनेका छन । मन्त्री राईको जिल्लामा बिकासको मोह अनुसार निस्वार्थ लागेकोले अधिकांश स्थानिय जनता शिलालेखमा मन्त्री राईको नाम भए कुनै आपत्ति नभएको बताएका छन् ।
बॉके जिल्लामा पहाडी, मधेसी र मुसलमानको बाक्लो उपस्थिति रहनुको साथै सबैको सहयोगमा अत्याधिक मत पाएर नै प्रतिनिंधि सभाको सदस्यमा निर्वाचित भई अहिले दुई तिहाईको सरकारको सहरी विकास मन्त्री भएका छन् ।