जब कार्यकक्षमै मस्त निदाएकाे अबस्थामा भेटिए वडाअध्यक्ष ….

कैलालीको गौरीगंगा नगरपालिकामा एकजना वडा अध्यक्ष कार्यकक्षमै निदाएका भेटिएका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर १ का अध्यक्ष जगतराम चौधरी कार्यकक्षमै निदाएका भेटिएका हुन् ।

अहिले उनको यो फोटो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । वडा अध्यक्ष निदाएको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै भुवन बुढाले लेखेका छन्, ‘गौरीगंगा नगरपालिका १ का अध्यक्ष कार्यालयमा मस्त सुत्नु जायज हो या नाजायज तस्बिर आफै बोल्छ ।’

उक्त फोटोलाई लिएर वडा अध्यक्षको चौतर्फी आलोचना भईरहेको छ । यता वडा अध्यक्ष जगतराम चौधरीले भने उक्त फोटो डेढ महिना अगाडिको भएपनि सार्वजनिक आज भएको बताए। त्यो दिन आफू फिल्डबाट थाकेर आएकाले कार्यालयमै निदाएको उनले स्वीकार गरेका छन्।