करसरन भाइपटेलबाट सिक्ने कि ?
प्रकासित मिति : २०७६ बैशाख १५, आईतवार २३:०६
प्रकासित समय : २३:०६
एक गरिब परिवारमा जन्मेका करसरन भाइपटेल एउटा सरकारी कार्यलयमा टेक्निसियनको काम गर्थे । अफिसबाट फर्केलगतै उनि राति अबेरसम्म डिटरजेन्ट पाउडर बनाउने प्रयोगमा जुट्थे।
सन् १९६९ मा उनले १००० रुपैयाँ ऐचोपैँचो गरि निरमा डिटरजेन्ट पाउडरको व्यावसायिक उत्पादन गर्न थाले । दिउँसोभरी अफिसमा त्यसपछि राति अबेरसम्म निरमाको उत्पादन गरि आइतवार आफ्नो उत्पादन साइकलमा राखी आफैँ बेच्न हिड्थे ।
एवं रितले ३ वर्षको घनघोर परिश्रमपछि उनले अफिस छाडी पूरै समय आफ्नो उद्योगमा लगाउन थाले । केहि वर्षपछि साबुनले लुगा धुने भारतिय चलन नै उनको डिटरजेन्टले विस्थापित गरिदियो । सुक्का दिनमा उनि समान मन नपरे पैसा फिर्ताको नारा लगाई ग्रहाकलाईं किन्न उत्प्ररित गरेका थिए ।