अखिल(क्रान्तिकारी)का पूर्वअध्यक्ष न्यौपानेका छोराछोरी सरकारी बिद्यालयमा
अखिल(क्रान्तिकारी)का पूर्वकेन्द्रीय अध्यक्ष नरेन्द्र न्यौपानेले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गराएका छन् । न्यौपानेले एक छोरा र एक छोरीलाई आइतबार कोहलपुर नगरपालिका – १ स्थित कृष्ण माध्यामिक विद्यालयमा भर्ना गरेका हुन् ।
कोहलपुरको एक निजि विद्यालयमा अध्ययनरत छोरी अनिशा न्यौपाने र छोरा रबिन्द्र न्यौपानेलाइ घर नजिकको सरकारी बिद्यालयमा क्रमशः कक्षा ७ र ५ मा भर्ना गरेका छन् ।
सरकारी विद्यालयको पोसाक सहितको तस्बिर पोस्ट गर्दै सामाजिक संजाल फेसबुकमा न्यौपानेले लेखेका छन्,“सार्वजनिक विद्यालय सुधार गर्न मेरो भुमिका सानो एक इट्टा हुन सक्छ भन्ने उदेश्य सहित श्री कृष्ण मा.बि. कौशिलानगर , कोहलपुरमा छोरी अनिशा न्यौपाने लाई कक्षा ७ र छोरा रबिन्द्र न्यौपाने लाई कक्षा ५ मा भर्ना गरियो । म आग्रह गर्न चाहन्छु जनप्रतिनिधि , राजनीतिज्ञ , शिक्षक , कर्मचारीहरुले पनि सरकारी स्कुल सुधार गर्न यस्तो कदम चाली दिनुहोस् ।”