यसकारण नेपालमा बिप्लवको खाँचो छ
हर मान्छेका लागि आफु जन्मेको जन्मभुमी प्राण भन्दा पनि प्यारो हुन्छ । जसलाई हामी मातृभुमी पनि भन्छौं । हाम्रो देश नेपाल बहुजाती बहुधार्मिक, फरक फरक संस्कृतिक, संस्कार, भेषभुषा, रहनसहन, बोलिचालि र चालचलन भएको देश हो ।
जन्मभुमिमा जन्मेका सबै मानिसले आफ्नो देशलाई रक्षा गर्नुका साथै माया गर्छन र म पनि प्राण भन्दा पनि प्यारो ठान्छु मेरो देशलाई ।
तर केही समय अगाडि देशको नियम र कानुन बिपरित कुनै प्रवाह नगरी नेपालमै जन्मेका यहि देशमा पढेका डा.सिके रावतले लेखेको पुस्तकमा नेपाली धर्ती मातालाई रण्डिको देश भनेर चिनाएको छ । गौतम बुद्ध जन्मेको थलोलाई बेश्यालयको शहर भनेर चिनाएको छ ।
अनि स्वतन्त्र मोर्चा पार्टी बनाएर नेपाल मधेशमा बस्ने सोझासाझा जनतालाई झुट्टो आश्वासन देखाएर हातहतियार उठाउन बिवस बनाई देशलाई टुक्रयाउने र अलग बनाउने षड्यन्त्र बनाई नेपाल हल्लाउन खोज्ने सिके रावतलाई नेपाल सरकारले गोलि हान्न आदेश दिएन ।
तर स्वतन्त्र र सम्वृद्धि अनि लोकतन्त्र र गणातन्त्र नेपाल भए पनि नेपाली जनताले भने जस्तो संबिधान र राज्य ब्यवस्था भएन ।
नेपाली जनताले पुरानै अझ अकल्पनीय सास्ति खेप्नु पर्यो । नेपालमा पुरानै शासकहरु नयां दलाल भएर जन्मिए । नेपालमा १७ हजार मान्छेको रगत बग्यो हजारौं घाईते भए । हजारौं हजार आमाका काख रित्तिए हजारौं नारीको सिरको सिन्दुर पुछियो ।
कयौ बालबालिका टुहुरा भए तर पनि देशले कोल्टो फेरेन । कोहि खाडि मुलुकको गल्लि गल्लिमा आधा अंग बोकेर ईट्टा र वालुवासंग लडिरहेका छन । त कोहि पढेर पनि रोजगार नपाई अर्काको भुमिमा पसिना तप तप चुवाउदै छन ।जनतालाई भने जस्तो सौलियत भएन ।
सरकार देशद्राेहीहरूलाइ काखि च्यापेर देशका रक्षकहरूकाे खिलापमा उभिएकाे छ । यसले सचेत युवाहरूलाइ चिन्तित बनाएकाे छ । नगरिखाने नमरिजाने अबस्थामा युवाहरूलाइ छाेडदै छ । यस्ताे अबस्थामा के हुन्छ ? त्यसकाे परिणाम बुझ्न जरूरत छ ।
मुलुकमा साेचे जस्ताे परिबर्तन भएन । अन्याय भयो भन्दै आफ्नो संगठन विस्तार गर्दै याे शासन प्रक्रियाबाट बाहिरिएका नेत्र विक्रम चन्द (बिप्लव) समर्थन पार्टीका समर्थकहरूलाइ जहाँ भेट्यो त्यहि गोलि हान्न आदेश दिइरहेकाे छ । याे गम्भिर चिन्ताकाे बिषय हाे । सबैकाे ध्यान जान जरूरी छ ।
कुनै बेला ब्रुजुवा शिक्षा चाहिदैना भन्ने क प्रचण्ड सेना समायोजन हुंदा जनमुक्ति सेनालाई कक्षा ८ को पनि मार्कसिट नहुदा हजारौ जनमुक्ति सेना अलपत्र अबस्थामा छन ।
कति सहिद परिवारहरू बिचल्लीमा परेका छन लेखाजाेखा छैन । कति घाइतेहरू अंगभंग अबस्थामा सडकमा अलपत्र छन यसकाे ब्याज खानेहरूलाइ चासाे छैन ।
चासाे जाे परिबर्तनका पक्षमा लडेका छन जसले मुलुककाे हितका पक्षमा कुरा उठाएका छन उनलाइ दमन गर्ने तर्फ छ । यसकाे सबैतिर बिराेध हुन जरूरी छ ।