कालिकोटको पचालझरनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

कालिकाेट ,कालिकाेटकाे पचालझरना गाँउपालिकालमा निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ। शिविरबाट अधिकांश महिला, बृद्दबृदा र वालवालिकाल गरि करिब  ११४३ जनाले सेवा लिएका छन ।

जसमा स्त्रिराेग सेवा २८७ जना, पाठेघरकाे क्यान्सर सम्वन्धि ल्याब जाँच परिक्षणकाेलागि नमुना संकलन १३३ जना, बालराेग जाँच १२४ जना, छालाराेग जाँच ९० जना, दन्तराेग जाँच ५४ जना, छाला राेग ९० जना, सामान्य बिरामिहरु ७४४ जना जनाले सेवा लिएका थिए । भुगाेलकाे हिसावले दुर्गम क्षेत्रभित्र रहेकाे गाँउपालिकाबाट बिशेषज्ञ सेवा लिन जिल्ला अस्पताल मान्न र प्रदेश अस्पताल सुर्खेत सम्म जानुपर्ने वाध्यता छ । प्रदेश अस्पताल सुर्खेत पुग्दा पनि समयकाे ब्यस्तताले भेटन नसकिने डा. गाउकै स्वास्थ्य संस्थामा आइ सेवा प्रदान गरेकाेले स्थानिय बासिले खुसि समेत ब्यक्त गरेका छन ।

निशुल्क तथा बृहत् स्वास्थ्य शिविरमा कर्णाली प्रादेशिक अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन तथा स्त्रिराेग बिशेषज्ञ डा. डम्बर खड्का, बाल राेग बिशेषज्ञ डा नवराज केसी, मेडिकल अधिकृत डा. याम प्रसाद शर्मा लगायतकाे सहभागिता रहेकाे थियाे

शिविर गाँउपालिकाकाे आयाेजनामा, कर्णाली प्रदेश अस्पताल सुर्खेतकाे समन्वय , नेपाल रेडक्रस साेसाइटी, र आवाज नेपाल सह आयाेजना तथा व्ङस फाउन्डेशन नेपाल र क्यान्सर राेग निबारण संस्था सुर्खेतकाे  प्राविधिक सहयाेग सम्पन्न गरिएकाे हाे ।

स्वास्थ्य क्षेत्रमा सबै वडामा स्वास्थ्य सेवाकाे पहुच पुर्याए पनि बिशेषज्ञ सहितकाे शिविर आवश्यकता रहेकाे र स्वास्थ्य परिक्षणकाे लागि सुर्खेत पुग्न नसक्ने न्यून बर्ग महिला, बृद्धबृद्धा र वालवालिकालाइ लक्षित गरि आयाेजना गरिएकाे गाउपालिका अध्यक्ष खड्गराज सेजुवालले बताए ।

उक्त शिबिरमा डाक्टरहरूकाे काेअर्डिनेशन पत्रकार तथा युवा साहित्यकार बिवश कुमार सेजुवालले गरेका थिए  ।