महानगरले लगायो खुलामञ्‍चका टहरामा डोजर पिडितहरुको रुवाबासी

व्यापारीहरुको अवरोधका बीच खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काइएको छ।  जनस्थरबाट व्यापक विरोध भएपछि महानगरपालिकाले शनिवार दिउसोदेखि खुलामञ्चमा डोजर लगाएर अवैध रुपमा बनाएइका सटर भत्काइदिएको  हाे ।

डोजर चलाइएपछि त्यहाँ स्थित पसलेहरुको भागाभाग र रुववासी मच्चिएको छ । महानगर प्रहरीका प्रमुख धनपति सापकोटाले महानगरपालिकाको निर्देशनलगत्तै डोजर लिएर आफूहरु खुलामञ्च प्रवेश गरेको लुम्बिनी भ्वाइसलाई जानकारी दिए ।

महानगरपालिका र ठेकेदार मनोजकुमार भेटवालको स्वच्छन्द विल्डर्सको मिलेमतोमा खुल्लामञ्च ठेक्का दिएको खुलासा भएपछि यसको चौतर्फी विरोध भएको थियो । विरोधपछि महानगरपालिका त्यहाँ रहेका सटरहरु भत्काउन बाध्य भएको हो ।