बाँकेको नरैनापुरमा बन्ने भए ३ सयवटा टिनले छाएको घर

बाँकेको नरैनापुर गाँउपालिकामा ३ सय वटा टिनले छाएका घर बनेका छन । बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकको अध्यक्षतामा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले नरैनापुर गाउपालिकामा ३०० वटा टिनले छाएको घर बनाउने निर्णय गरेको हो ।

सँघिय भवन डिभिजन कार्यालय नेपालगँजमा बसेको बैठकले नरैनापुर गाउपालिकाका अति बिपन्न परिवारका खरका छाना हटाई टिनको छाना भएको सुरक्षित घर बनाउने निर्णय गरेको छ । प्रदेशकै पिछडिएको गाउँपालिकामा सुचिकृत नरैनापुर गापाको एक वडा ५० वटाका दरले टिनले छाएको घर ६ बटा वडा गरि ३०० वटा घर बन्ने छन ।

क्षेत्र नँ १ का सँघिय साँसद अथक सँयोजक रहेको उक्त समितिमा जिल्ला समन्वय समितिका सभापति अजय श्रीवास्तव नरैनापर गापा अध्यक्ष ईस्तियाक अहमद शाहा र सँघिय आयोजना कार्यान्वयन ईकाइ प्रमुख अथवा आयोजा प्रमुख ई सुवास बस्नेत समितिको सदस्य रहेका छन ।

नरैनापुरका प्रत्येक वडाले यसै हप्ता भीत्र १० दिने सुचना जारी गरी निवेदन माग गर्नेछन र मापदण्ड अनुसार ३०० घर छनौट गरि कार्यक्रम अगाडी बढाउने छन ।