फाल्नु पर्ने एनसेलमात्र होइन, उसको अभिभावक पनि हो
दलाल पुजिवादि ब्यवस्था भित्र बढीमा यसले के दिन्छ र के दिदैन भन्ने बुझन सजिलो हुनेगरी एनसेल काण्ड जनता सामु आएको छ । नेपाल आज बिचौलिया अर्थतन्त्र र त्यसको सम्रक्षक सत्ताको गोटी बनेको छ । युवाले श्रम बेच्नु पर्यो , दलाल चाहिने, किसानको तरकारी बेच्न बिचौलिया चाहिने, जग्गा जमिन र रोडा बालुवा देखी मेलम्ची र जलबिद्युत निकाल्न बिचौलिया दलाल चाहिने ।
सार्वजनिक सेवादेखी उत्पादन निकासी देखी पैठारीसम्म बिचौलिया नभै नहुने, यहाँसम्म कि राजनीतिक दलहरु भित्र नेतृत्व र जनता बिच पनि दलाल बिना बिषय र मुद्दा नसुनिने भएको छ । विश्वबिद्यालय र बिद्यार्थीको बिचमा दलाल, दाता र जनता बिच दलाल, मन्दिरमा भगवान र भक्त बिच दलाल, राज्यकोष र बिकास आयोजना बिच दलाल । दलाल न उत्पादक हो न न्यायोचित बितरक( दलाल एउटा कित्रिम भर्र्याङ् हो जो सत्ताले निर्माण गर्छ ।
अहिलेको अर्थ ब्यबस्थाको उच्चतम सामर्थ्य भनेको धेरै दलाल उत्पादनु गर्ने हो । नेपालमा आधारभुत बर्गको उत्पादन, पुजी, राष्ट्रिय स्वामित्वको औधोगिक सामर्थ्य बढने कुनै लगानी र आयोजना छैन । बैदेशिक लगानिको नाममा नयाँ दलाल आमन्त्रण गर्ने र सबै भन्दा सम्भावनाका क्षेत्र उनिहरुलाई सुम्पने बाटोमा छ ।
कुनै दिन यस्तो पनि आउन सक्छ । हाम्रो राष्ट्रिय सुरक्षा पनि बिचौलिया समुहलाई ठेक्का दिन बेर छैन किनकी ताइ न तुइको इण्डोप्यासिफिक साझेदारी त्यसको संकेत हो । श्रमिक, किसान, बुद्दिजिवी, सेवा प्रदायक, साना ब्यबसायी आदी कुपोषित हुँदै जाने र बिचौलिया हरु मोटाउदै जाने निर्वाध ब्यबस्थाको मुल अभिभावक राज्य भएको छ ।
आँखा चिम्लिन्छ राज्य, दर्जनौ स्थानमा सिमा मिचिएको छ । मौन छ, श्रमिक लास बनेर बाकसमा आउछन । अझै पठाउने भन्छ, संबिधान बने यता २४० अर्ब भ्रष्टाचार भएको छ, एउटा मान्छे दन्डित भएन, अरु थुप्रै फेहरिस्त आम जनताले बुझी सके ।
यो ब्यबस्थाको आर्थिक दर्शन भनेको बिश्व बैंकका मेमोसँग मिल्छ । गर्नै पर्ने नगरि र नगरनुपर्ने चाँही गरेरै छोडने ,बिबस सत्ता ।
राज्यका चार अङ्गको काम यही दलाल पुजी, दलाल पात्र र दलाल प्रबृतीकाे दलाली जिबित राख्न दलाल बाटोबाट संरक्षण गर्नु हो । दलालले प्रबिधीको अबिष्कार, बिकास र् क्रान्ति गर्दैन, बिज्ञानले ल्याएका सम्भावना मार्फत बिचौलिया बनेर शोषन गर्छ । यसको लागि बिकाउ सरकार हुनु सबै भन्दा अनुकुल बस्तुस्थिती हो ।