प्रतिवन्धका वावजुत अखिल क्रान्तिकारी जाजरकोटले बुझायो ज्ञापन पत्र
जाजरकाेट,विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृसंगठन अखिल ( क्रान्तिकारी ) जाजरकाेटले विभिन्न मागहरू राख्दै जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएकाे छ ।
आफ्नो माउ पार्टी माथीनै सरकारले प्रतिवन्ध लगाएकाे बेला अखिल ( क्रान्तिकारी ) जिल्ला संगठन समिति जाजरकोटले बर्तमान शैक्षिक समस्यालाई मध्य नजर गर्दै ११ बुदे मागपत्र शिक्षा बिकास समन्वय इकाइ समितिको कार्यालय जाजरकोटमा बुझाएको हाे ।
संगठनका अध्यक्ष धनजित बिक र उपाध्यक्ष निराजन शाहीकाे नेतृत्वमा गएकाे टाेलीले ११ बुदे मागपत्र शिक्षा बिकास समन्वय इकाइ समितिको कार्यालय जाजरकोटमा बुझाएको हाे ।
मागपत्रमा निजी शिक्षण संस्थाहरूले देशव्यापी वृद्धि गरेको ४० प्रतिशतसम्म शुल्क तत्काल फिर्ता लिन र शुल्कवृद्धि गर्नेहरूलाई कारबाही गर्न, लगायतका मागहरु रहेका छन ।
उक्त माग अनुसार विद्यार्थी र अभिभावकको प्रत्यक्ष सरोकारको सरोकारसंग जोडिएका मागहरुलाई सुनुवाई नगरिए थप शसक्त संघर्षमा जाने चेतावनी समेत दिइएको छ ।
सरकारले विप्लव नेकपा माथी प्रतिवन्ध लगायसंगै उक्त पार्टीका मुख्य केन्द्रीय नेताहरुका साथै सम्पुर्ण जनवर्गिय संगठनका नेता कार्यकर्ताहरु अर्ध मुभिगत भैसकेका छन ।
यस्ताे छ ज्ञापनपत्र