गाँस छोड्नु तर साथ नछोड्नु !

युधिष्ठिरको मनमा पनि वैराग्य जागेपछि उनी परिक्षीतलाई राज्य दिएर हिमालयतिर लागे । बाटोबाट एउटा कुकुर पनि पछि लाग्यो ।

युधिष्ठिर र कुकुर हिमालयको शिखरमा पुगे । शिखरमा पुगेपछि देवराज इन्द्रले आएर युधिष्ठिरलाई विमानमा बसेर स्वर्ग हिड्न भने । युधिष्ठिरले साथ लागेर आएको कुकुरलाई पनि विमानमा बसाउन आग्रह गरे ।

इन्द्रले भने – ‘कुकुरजस्तो अपवित्र जनावरलाई स्वर्ग लान मिल्दैन । ’ युधिष्ठिरले भने – ‘यो कुकुर म मा आश्रीत छ । म प्रतिको मायाँले नै यहाँसम्म आएको हो । आफुमा आश्रितलाई छोड्दा अधर्म हुन्छ । म यसलाई एक्लै छाडेर स्वर्ग जान्नँ ।’

इन्द्रले भने – ‘स्वर्ग त पुण्यले जाने हो, यो कुकुरमा कुनै पुण्य छैन । तिमीले गरेको पुण्यको आधा फल दिन्छौ भने कुकुरलाई पनि स्वर्ग लान सकिन्छ ।’ इन्द्रको कुरा सुनेर तुरुन्तै संकल्प गरेर आफुले गरेको पुण्यको आधा फल कुकुरलाई दिए । त्यति नै खेर कुकुरको रुप फेरियो । कुकुरको रुपमा युधिष्ठिरको परिक्षा गर्न आएका धर्मराज थिए ।

धर्मराजले युधिष्ठिरलाई भने– ‘युधिष्ठिर ! यदि स्वर्गको लोभमा तिमीले साथी त्यागेको भए स्वर्ग जान पाउँदैनथ्यौ । लोकमा पनि तिम्रो अपर्बीति हुन्थ्यो । तर तिमीले सत्य त्यागेनौ । तिमी धन्य छौ । प तिमीलेखि प्रशन्न छु ।’ यसै सत्यको प्रभावले युधिष्ठिर स्वर्ग गए ।

यो कथाको तात्पर्य के हो भने जस्तोसुकै परिस्थितिमा पनि आफ्नो इमान छोड्नुहुँदैन । साथी जो कोही भएपनि आफ्नो स्वार्थका कसैलाई पनि धोक दिन हुँदैन । माेटिभेटन्युजबाट