प्रतिवन्धका वावजुत पनि विप्लवका विद्यार्थी यसरी छिरे शिंहदरवार
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी केन्द्रीय समितीले विभिन्न मागहरू राख्दै शिक्षा मन्त्रीलाई मागपत्र बुझाएको छ ।
आफ्नो माउ पार्टी माथीनै सरकारले लगायको प्रतिवन्धको साथै व्यापक तरिकाले गरिएको दमन र धरपकडका विचमा अध्यक्ष चिरन्जिवी ढकाल लगायतका विद्यार्थी नेताहरुको टोलीले मङ्गलबार सिंहदरबार मन्त्रिकाे कार्यकक्षमै गएर १० दिने अल्टिमेटम सहितको ६ बुँदे माग पत्र वुझाएको हाे ।
उक्त मागपत्रमा निजी शिक्षण संस्थाहरूले देशव्यापी वृद्धि गरेको ४० प्रतिशतसम्म शुल्क तत्काल फिर्ता लिन र शुल्कवृद्धि गर्नेहरूलाई कारबाही गर्न, लगायतका मागहरु रहेका छन ।
उक्त माग अनुसार विद्यार्थी र अभिभावकको प्रत्यक्ष सरोकारको सरोकारसंग जोडिएका मागहरुलाई १० दिन भित्र सुनुवाई नगरिए थप शसक्त संघर्षमा जाने चेतावनी समेत दिइएको छ ।
सरकारले विप्लव नेकपा माथी प्रतिवन्ध लगायसंगै उक्त पार्टीका मुख्य केन्द्रीय नेताहरुका साथै सम्पुर्ण जनवर्गिय संगठनका नेता कार्यकर्ताहरु अर्ध मुभिगत भैसकेका छन ।
यस्ताे छ बिज्ञप्ति