अदालतका कर्मचारीका लागि नयाँ आचारसंहिता

काठमाडौं– सर्वोच्च अदालतले लामो समयपछि सबै तहका अदालतमा कार्यरत कर्मचारीलाई लागू हुनेगरी कर्मचारी आचारसंहिता जारी गरेको हो ।

अदालतले जारी गरेको संहिताअनुसार कर्मचारीले पदीय मर्यादा ख्याल गर्नुपर्ने, अदालतको सामान तथा सुबिधाको दुरुपयोग गर्न नहुने, सूचना दिन वा सूचना दुरुपयोग गर्न नहुने, व्यापार व्यवसायमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न हुने नहुने र राजनीतिक तटस्थता कायम गर्नुपर्ने छ ।

इजलाश चलिरहेको बेला कर्मचारी इजलाशबाट बाहिर निस्कन नहुने व्यवस्था रहेको संहितामा सामाजिक सञ्जालको प्रयोग गर्दा जिम्मेवार हुनुपर्ने समेत व्यवस्था गरेको छ ।

संहितामा फेसबूकलगायतका सामाजिक सञ्जाल प्रयोग गर्दा न्यायपालिका र सम्बद्ध न्यायाधीश, कर्मचारीको मानमर्दन हुनेगरी वा भ्रम फैलाउने खालका सामग्री पोष्ट गर्न, सेयर गर्न समेत नपाउने व्यवस्था गरिएको छ ।

संहिताविपरितको काम गरे विभागीय कारबाही गर्ने व्यवस्था समेत संहितामा समावेश गरिएको छ ।