राजधानीमा भूकम्पको गतिलो धक्का,केन्द्रविन्दु नौबिसे
प्रकासित मिति : २०७६ बैशाख ११, बुधबार ०९:४९
प्रकासित समय : ०९:४९
काठमाडौँ ,धादिङको नौबिसे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो चार वर्षअघिको भूकम्पकै परकम्प रहेको पनि केन्द्रले उल्लेख गरेको छ । भूकम्पका कारण धादिङसहित काठमाडौँ उपत्यका क्षेत्रमा हल्लाएको हो ।
भूकम्पले घरहरु हल्लिएका थिए । भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन् । थप विवरण आउन बाँकी छ ।