रसुवाबाट ७ किलो सुनसहित एक जना पक्राउ
प्रकासित मिति : २०७६ बैशाख १०, मंगलवार २०:०१
प्रकासित समय : २०:०१
रसुवा, रसुवागढी नाका हुँदै अवैध रूपमा ल्याइएको सात केजी सुन बरामद भएको छ। चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुन बरामद गरिएको हो।
ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको भन्ने विशेष सुराकीको आधारमा सुन बरामद गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भन्डारीले बताए।
सुन नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले जिल्लाको गोसाइँकुण्ड गाउँपालिका दुई टिमुरेस्थित घट्टेखोलाबाट मंगलबार अपरान्ह चार बजे बरामत गरेको हो।
सुनसहित चालक नौकुण्ड गाउँपालिकाका एकका ग्याल्बो घलेलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। अबैध सुन ओसारपसारमा अन्य व्यक्तिहरू पनि संलग्न हुन सक्ने हुँदा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।