आयोगको रहोवरमा रिहाई गरिएका विप्लवका नेता फडेरालाइ यसरी पुन पक्राउ गरियो

नेपालगन्ज ,सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कोहलपुर नगरपालिका ११ दानबहादुर फडेरालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट पुन पक्राउ गरेको छ ।

विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका उनीलाई केहीबेर अगाडि राष्ट्रिय मानवअधिकार आयोगको सक्रियतामा जिल्ला प्रशासन कार्यालय लगाएर प्रशासनले परिवारको जिम्मा लगाए लगत्तै प्रहरीले टोलीले पक्राउ गरेको हो ।

आयोगको नेपालगन्ज शाखा कार्यालयको संरक्षणमा रहेका फडेरालाई जिल्ला प्रशासन मार्फत परिवारको जिम्मा लगाई सकुशल घर जाने क्रममा पक्राउ पुर्जीसहित प्रशासन परिसरमा रहेको प्रहरीले पुन पक्राउ गरेको थियो ।

आयोगको संरक्षणमा बसेका फडेरालाई परिवारको जिम्मा लगाई सकुशल घर पठाउन राष्ट्रिय मानवअधिकार आयोगले बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सोमबार पत्राचार गरेको थियो ।

इलाका प्रहरी कार्यालय, कोहलपुरको टोलीले फडेरालाई पक्राउ गरेर लगेको छ। जिल्ला प्रशासन कार्यालय परिसरबाट आयोग तथा अन्य अधिकारकर्मीहरुको उपस्थितिमै प्रहरीले फडेरालाई पुनः पक्राउ गरेको हो।

नेपालगञ्जका अधिकारकर्मीहरुले घटनाको भत्र्सना गरेका छन्। इन्सेकका भोला महतले प्रजिअ भुजेलले सकुशल परिवारको जिम्मा लगाउँछु भनेपनि प्रहरीले पुनः पक्राउ गर्दा केही नबोलेको बताए।‘यो निन्दनीय कार्य हो। साँझसम्म हामीले लिखित रुपमै यसको विरोध गर्छौ, महतले भने।

फडेराले दुई दिनसम्म आयोगको कार्यालयको शरणमा रहदा प्रहरीले घेराबन्दी गरिरहेको थियो।आयोगको कार्यालय वरिपरि घुमुवा प्रहरी खटाइएको थियो। आयोगको बेवास्ता गर्दै प्रहरीले फडेरालाई पुनः पक्राउ गरेपछि अधिकारकर्मीहरु आक्रोशित भएका छन्।

यस्ताे छ भिडियाे