संकीर्णता, फुट र धोकाधडी ब्यहोरेको नेपालको कम्युनिस्ट आन्दोलन

१)  सन १९४९ अप्रील २२ मा लेलिनको जन्मदिनको अबसरमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो।पार्टी स्थापना हुँदा पुष्पलाल श्रेष्ठ ,नरबहादुर कर्मचार्य ,निरन्जन गोबिन्द बैध्य,नारायण बिलास र  मोतिदेबी उक्त समयमा उपस्थित थिइनन् । पनि भनिन्छ,पार्टी गठनको छलफलमा मात्र सहभागी भएको पनि भनिएको छ ।


२) पुष्पलालले कम्युनिस्ट पार्टी घोषणा गर्ने समय तिरै कलकत्तामा केशजंग रायमाझी र बनारसमा मनमोहन अधिकारी अध्ययनरत थिए,उनिहरु बिच राम्रो दोस्ती थियो।उनिहरु कै सक्रियतामा  मार्किस्ट स्टडी सर्कलू गठन भएको थियो । उक्त सर्कलमा डि पी अधिकारी,शैलेन्द्र कुमार उपाध्याय ,एम बी प्रधान आदि पनि जोडिएका थिए ।उनिहरु मध्ये धेरै जना मध्यम बर्गिय र केशरजंग रायमाझी कुलीन बर्गका थिए।

मनमोहन र रायमाझी उक्त सर्कललाई नै कम्युनिस्ट पार्टीको रुप दिन चाहन्थे। पुष्पलालले उनिहरुलाई थाहा नदिइ ५ जना जम्मा भएर पारिने गठन गरेकोमा तिब्र असन्तुष्टि थियो।मध्यम बर्ग र पढेलेखेका अधिकारी र रायमाझीलाई पुष्पलालले किषान पृष्ठभुमीका नेवारहरु जम्मा गरेर पार्टी गठन गरेको मन परेको थिएन।उनिहरु मन भित्रै बाट पुष्पलाललाई नेता मान्न गाह्रो थियो ।

स्थापना समयदेखी नै ,संकीर्णता , गज्याङगुजुङ,गुटबन्दी ,सैद्धान्तिक अलमलमा फसेको नेपालको कम्युनिस्ट आन्दोलनले अहिलेसम्म उहीँ पुरानो बिरासत धानिरहेको छ ,नयाँ इतिहास बनाउन सकेको छैन।

३) नेपाल कम्युनिस्ट पार्टी गठन गर्दा नै भारतीय कम्युनिस्ट पार्टी बाट सहयोग लिइएको थियो।उतिखेर प्रख्यात भारतीय कम्युनिस्ट नेता नृपेन चक्रबर्ती नै पुष्पलालका सहयोगी थिए।कम्युनिस्ट पार्टी गठन हुने बित्तिकै त्यस्मा असहमती रहेको र मनमोहन ररायमाझीहरुले अर्को कम्युनिस्ट पार्टी घोषणा गर्दा राम्रो सन्देश नजाने ठहर गरि उनै नृपेन चक्रबर्तीको सक्रियतामा मनमोहन ,रायमाझी ,पुष्पलालहरु बिच छलफल चलाई १५ सेप्टेम्बर १९४९ मा फेरि कम्युनिस्ट पार्टीको घोषणा गरियो।

जसमा पुष्पलालको नेतृत्वमा मनमोहन अधिकारी,तुलसीलाल अमात्य,शैलेन्द्र कुमार उपाध्याय र अयोध्या सिंह (भा क पा को ) प्रतिनिधि थिए । यहाँ नेर नेपाली कांग्रेस मात्र भारतीय कांग्रेसको प्रभावमा थियो भन्नू सत्य हुदैन।नेपाल कम्युनिस्ट पार्टीमा त भारतीय कम्युनिस्ट पार्टीका प्रभाबशाली नेता अयोध्या सिहलाई नै केद्रीय कमिटीमा राखिएको थियो।

४)  झण्डै जन्मकालमै दुई टुक्रा हुन बाट बचेको नेपाल कम्युनिस्ट पार्टीको जन्म मिती १९४९को २२ अप्रील मान्नेकी सोही सालको १५ सेप्टेम्बरलाई भन्ने बिवाद पछीसम्म रहेको पाइएको छ।कम्युनिस्ट पार्टी विभिन्न टुक्रामा बिभाजन भैसकेको स्थितिमा पुष्पलाल प्रती श्रद्धा नभएका समुहले २२ अप्रील भन्दा १५ सेप्टेम्बरलाई नै जन्मदिन मानेका थिए।अहिले आएर चाहिँ २२ अप्रीललाई नै नेपाल कम्युनिस्ट पार्टीको जन्मदिन भनेर सबैले स्वीकार गरेका छन।पुष्पलालको मृत्युको धेरै समयपछि उनलाई पनि मर्यादा दिन शुरु गरिएको छ ।

५) नेपाल कम्युनिस्ट पार्टीका सँस्थापक नेता पुष्पलालले आफ्ना सहकर्मीहरु बाट कहिल्यै सुख पाएनन।२००८ सालमै उनलाई महासचिव बाट हटाइयो । पार्टीमा मनमोहन र केशजंग रायमाझीले कब्जा जमाए।बि सं २०१३ सालमा मनमोहनले राजाको बैधानिक नेतृत्व मै समाजबाद ल्याउने कुरा गरे भने २०१९ सालमा केशरजंग पञ्चायतमा प्रबेश गरे।

पुष्पलाल नेतृत्वको मानेमा कमजोर र कम्युनिस्ट आदर्शको रुपमा उच्चकोटीमा पर्दछन।शुरूवातमा मनमोहन ररायमाझी कंपनी र जीबनको उत्तरार्ध तिर मोहन बिक्रम समेतले पुष्पलालको हुर्मत लिन बाँकी राखेनन।मोहन बिक्रमले  गद्दार पुष्पलाल ू भन्ने पुस्तक नै लेखे।कम्युनिस्ट पार्टीको पुनर्गठन र नयाँ जनबादी क्रान्तीको पहल लिन पनि पुष्पलालले कोशिश गरेकै हुन तर सफल हुन सकेनन।आफुलाई कम्युनिस्ट भनी गौरव गर्नेहरुले नै पुष्पलाललाई जीबनभरी नै खेदीरहे,चिमोटीरहे।बि सं २०३४ सालमा पुष्पलालको दुस्खद देहावसान भयो।

६) यही गज्याङगुजुङ ,अनेकौं फुटका बिचमा ०२८ सालको झापा बिद्रोह हुँदै एमाले सम्मको यात्रा एकातिर छ भने अर्कोतिर ०२८ साल मै मोहन बिक्रम सिंहको सक्रियतामा गठन भएको केद्रीय न्युक्लियस,चौथो महाधिवेशन ,मशाल,एकता केद्र हुँदै माओवादीमा रुपान्तरण भयो।जनबादी ब्यबस्था स्थापना गर्दै समाजबाद र साम्यबाद तिर जाने सपना सहित शुरु भएको जनयुद्धको नेतृत्व गरेको यो पार्टी अहिले भने एमाले सँग बिलिन भएर संसदीय ब्यबस्था मै रमाइरहेको छ।

जनयुद्धलाई केबल संसदीय गणतन्त्र सम्म मात्र सिमित गराइयो। बैध्य,बिप्लब९नेकपा ०,मोहन बिक्रम , आहुती र कट्टेलहरुले नेपालको क्रान्तीकारी कम्युनिस्ट आन्दोलन पुनर्गठन गर्न सक्लान वा नसक्लान अहिल्यै निश्चित गर्न सक्ने स्थिती छैन र आशाको बिकल्प पनि छैन।कार्यगत र मोर्चागत सहकार्य पार्टी एकता सम्म जाओस ,शुभकामना छ।

उपसंहार  

स्थापना समयदेखी नै ,संकीर्णता , गज्याङगुजुङ,गुटबन्दी ,सैद्धान्तिक अलमलमा फसेको नेपालको कम्युनिस्ट आन्दोलनले अहिलेसम्म उहीँ पुरानो बिरासत धानिरहेको छ ,नयाँ इतिहास बनाउन सकेको छैन। अहिले सरकारी नेकपा दुई तिहाईको संसदीय बहुमत सहित सत्तामा छ।देशमा ठुलाठुला भ्रष्टाचार ,दलालीका घटनाहरुमा घटिरहेका छन तर सरकार निरीह छ।

समाजबादको नारा लिएको सरकारको यात्रा क्रमश सामाजिक फासिबाद तर्फ अग्रसर छ भने बिप्लबले नेतृत्व गरेको पार्टी प्रतिबन्धित भएको छ। सबैभन्दा नाजुक स्थिती गरिबीको रेखा मुनि रहेका उत्पीडित जनताको छ, न्यायलयबाट न्यायको आस मरेको छ ,सरकार बाटै राष्ट्रियताको खतरा छ।यति लाजमर्दो स्थिती छ कि ( प्रधानमन्त्री कार्यालय कै जग्गा बेचेर खाएका छन ।

अर्को तिर बिप्लबीहरुलाई लुटेरा र पृथकताबादी जस्तो व्यबहार र सिके राउतलाई सरकारी धर्मपुत्र बनाइएको छ। एउटा कुरा उल्लेख गरौ ( बिप्लबीहरुको तरिका र सिद्धान्त सँग असहमत हुन सकिन्छ तर उनी लुटेरा र राष्ट्रद्रोही होइनन। आजका दिनसम्म क्रान्तीकारी कम्युनिस्ट आन्दोलनको यात्रामा आसाका किरणहरु त देख्न सकिन्छ तर बिश्वासयोग्य स्थिती देखीदैन।अहिलेको कम्युनिस्ट आन्दोलनमा मुख्यत डक्ट्रीन र लिडरसिपको अभाव खट्किन्छ। किरण ,बिप्लबहरु पनि समयको कठिन परिक्षामा छन।