यी हुन् नेकपाका ७७ जिल्लाका अध्यक्ष र सचिव
प्रकासित मिति : २०७६ बैशाख ९, सोमबार १८:०२
प्रकासित समय : १८:०२
काठमाडौं,सत्तारूढ दल नेकपाले जिल्ला तहको पार्टी एकता टुंग्याएको छ। आइतबार दिनभरको प्रयासपछि साँझ सचिवालय बैठकले तयार पारेको ७७ वटै जिल्ला तहका अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक गरिएको छ।
काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा दिउँसो नेकपाको ७१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सूची सार्वजनिक गरियो। नेकपाले केन्द्रमा पार्टी एकता गरेको ११ महिनामा बल्ल जिल्लास्तरमा नेतृत्व चयन गरेको हो।
एकताका क्रममा ७७ जिल्लामध्ये ४४ जिल्लाको नेतृत्व तत्कालीन एमाले र ३३ जिल्लाको नेतृत्व तत्कालीन माओवादीले पाएका छन्। एमालेले अध्यक्ष पाएको जिल्लामा सचिव माओवादी र माओवादीले अध्यक्ष पाएको जिल्लामा एमालेका नेता सचिव हुने सहमति भएको छ।
यस्ताे छ सुची