विप्लवमाथि वार्ताको ‘दबाब’, यसरी हुदैछ सम्पर्क प्रयास

काठमाडौं,नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)लाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको छ । पोलिटब्यूरो सदस्य तथा पूर्वीकमाण्ड इन्चार्ज अनिल हशर्मा, पोलिटब्यूरो सदस्य पदम राई लगायतले सरकारसँग वार्त गर्न दबाब दिएका हुन् ।

महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । यद्यपि उनी सरकारसको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग्का प्रत्यक्ष÷अप्र्रत्यक्ष सम्पर्कमा छन् । आजको अन्नपूर्ण पोस्टले समाचार लेखेको छ ।

समाचारमा सरकार कम्युन्स्टि नेतृत्वकमा रहेको अवस्थामा जनताबीच कमयुनिस्ट मिल्नै सक्दो रहेनछन् भन्ने स्रन्देश गएकाले वार्ताबाटै राजनीति सहमति खोज्नुपर्ने धारणा नेताहरुको छ । पार्टीका कतिपय नेताहरुले सभामुख कृष्णबहादुर महरामार्फत पनि नेकपाका केही नेता र सरकारसँग सम्पर्क बढाइरहेको उल्लेख छ ।

अन्नपूर्णले आफ्नै नीतिविपरीत निगम शीर्षकमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ । अन्तर्राष्ट्रिय बजार मूल्य घट्दा या बढ्दा पेट्रोलियम पदार्थको मूल्य समाजायेजन गर्ने नीति आयल निगमलको थियो ।

तर दुई महिनायता निगम पेट्रोलियम पदार्थको मूल्य समायोजना गर्न इच्छुक देखिएको छैन । उपभोक्ताको हितमा भन्दा नाफाका निम्ति आफ्नै नीतिविरुद्ध आयल निगम उभिएको समाचारमा जनाइएको छ ।

‘बर्खे अधिवेशन वैशाख १६ मा’ शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । संघीय संसद्को बजेट अधिवेशन वैशाख १६ गते बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते ९ दिनका लागि चीन भ्रमणमा निस्कने भएका कारण अधिवेशन चाँडो बोलाउन लागिएको समाचारमा जनाइएको छ ।