दलाल फासिबाद र क्रान्तिकारी एकताको महत्व
वास्तविक बर्तमान बिश्व दृष्टिकोण यतिबेला औद्योगिक पुजिबादलाइ भुमण्डलिकृत पुजिबादले निषेध गरेको यो युगमा पुजिबादको ब्याख्या केन्द्रीकृत उत्पादन र बिकेन्दृकृत बितरणको चेतनाले बुझ्ने र ब्याख्या गरेपछि संसारका क्रान्तिकारी कम्युनिस्ट पार्टिहरु सफल हुन सक्ने सम्भावना कदापि देखिदैन ।
जतिबेला माक्सवाद उदयसगै कार्ल माक्र्सले संसारमा उत्पीडित बर्गको बिजय सुनिश्चित छ । त्यो सबभन्दा पहिला संसारका मजदुरहरुको एकता र संघठित बिद्रोहबाट सम्भावना छ । माक्सको युगमा लन्डनबाट सम्भावना छ भनेर ब्याख्या गरेपछि तत्कालीन साम्राज्यवादले लण्डनका बहुराष्ट्रिय कम्पनीलाई बिसर्जन गरेर औद्योगिक मजदुरलाई मेसिनरी युगमा बदलेर मजदुरहरुको एकीकृत र संगठित हुने माध्यम तहसनहस बनाउनेतर्फ लाग्यो .
बिश्व साम्राज्यवादले लन्डनबाट माक्र्सवाद सफलतामा पुग्न असम्भव तुल्यायपछी साम्राज्यवादको चरम संकटको र पुजिबादको बढ्दो बिकासलाई उत्पीडित बर्ग समुदायको काबुमा राख्न माक्सबादलाई थप बिकास सहित रुसमा लेनिनले समाजबादी अक्टोबर क्रान्तिको सम्पन्न गरे त्यसपछि बिश्व साम्राज्यवादले आफ्नो युटर्न बदले पछि पुन चाइनामा माओत्सेतुङले नौलो जनबादी क्रान्ति सम्पन्न गरे ।
त्यसपछि केही समय साम्राज्यवाद अकर्मण्यतामा फसेको हो । त्यसपछि २०औं तथा २१औं शताब्दिमा आइपुग्दा साम्राज्यवादले औद्योगिक पुजीवादलाई भुमण्डलिकृत पुजीवादमा बदलेपछी अहिले बिश्व कम्युनिस्ट आन्दोलनमा एउटा अकर्मण्यता देखापरेको छ ।
कम्युनिस्ट आन्दोलनमा देखापरेको समस्या
बर्तमान विकसित आर्थिक तथा सामाजिक साँस्कृतिक राजनीति घटनाक्रमा पुजिबादले नयाँ तरिकाले बिकास गरेपछि कम्युनिस्ट आन्दोलनमा देखापरेको समस्या त्यसलाई बुझ्न नसक्नु हो । केन्द्रित उत्पादन प्रणालीलाई बिकेन्दृत उत्पादन र बिकेन्दृत बितरण प्रणालीलाई केन्द्रिकृत बितरन प्रणाली छ । यो अबस्थालाई राम्रोसँग बुझ्न नसक्नुनै बर्तमान कम्युनिस्ट आन्दोलनमा देखापरेको प्रमुख समस्या हो ।
हजारौं मजदुरले एकदिनमा गर्नसक्ने कामलाई बिद्दुतिय माध्यमबाट केही घन्टामै फत्ते गर्न सक्ने बिज्ञानको भुमण्डलिकृत पुजीवादी युगलाइ बिश्व कम्युनिस्ट आन्दोलनमा महान बहसको जरुरत परेको छ । मानबिय श्रमसक्तिलाइ प्राविधिक तथा बैज्ञानिक तवरले उछिनेर उत्पीडित समुदायको केन्द्रीकृत श्रमलाई बिकेन्दृकृत तरिकाले बिन्यास भएको कुरासँग बर्तमान कम्युनिस्ट बहस छलफल हुन जरुरी छ । क्रान्तिका किसिम बिकेन्द्रित साम्राज्यवादका उत्पादन प्रणाली र केन्द्रीकृत बहुराष्ट्रिय कम्पनी नामको बितरण प्रणालीअनुसार बिश्व कम्युनिस्ट आन्दोलनको बहस हुन जरुरी छ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना कालदेखि हालसम्म आइपुग्दा प्रमुख समस्या आन्तरिकनै देखिन्छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास अध्यन गर्दा सर्बहाराबर्गको मुक्तिको लागिमात्र भनेर कम्युनिस्ट पार्टीको स्थापना गरिएको पाइन्छ । तर नेपालमा पुष्पलालले कम्युनिस्ट पार्टीको स्थापना गर्दा साम्राज्यवाद तथा सामन्तबादबाट पुर्ण स्वतन्त्रताको लागि भनेर कम्युनिस्ट पार्टीको स्थापना गरेको पाइन्छ ।
त्यसपछिको इतिहासमा सामन्त तथा दलाल नोकरशाही ब्यबस्था र प्रतिक्रियावादी राज्यसत्तालाई बुझ्ने सवालमा नेपाली कम्युनिस्ट आन्दोलनमा देखा परेका गम्भीर त्रुटिपूर्ण कसका कारण विजयको संघारमा पुगेको कम्युनिस्ट आन्दोलन रक्षात्मक अबस्थामा पुग्नु परेको तितो यथार्थ हो ।
प्रमुख समास्या
बद्लियको सामाजिक अवस्था उत्पादन प्रणाली उत्पादनका साधन र उत्पादन सम्बन्धको बैज्ञानिक तथा सृजनात्मक अध्यन गर्नु अति जरुरी छ । कम्युनिस्ट पार्टीको स्थापना कालदेखि २०२८ सालसम्म आइपुग्दा क्रान्तिकारी उग्रवामपन्थी दक्षिणपन्थी र अबसरबादी धारको बिकास भयो जसकाे मुल समस्या जसको ऐतिहासिक तथ्य बारबार भनिरहनु पर्दैन ।
२०५२ साल फाल्गुन १ गते देखि तत्कालीन माओवादीको नेतृत्वमा संचालित वर्गसंघर्ष २०५९ सालसम्म वास्तविक उत्पीडितबर्ग समुदायको साथमा रह्यो । त्यसपछि तत्कालीन नेतृत्वमा देखिएको कम्युनिस्ट क्रान्तिकारिता बैचारिक दृष्टिकोणबाट बिचलित हुनु र जसको अगुवाइमा माओवादी जनयुद्धको देबसान गराउनुले बर्तमान नेपाली कम्युनिस्ट आन्दोलन रक्षात्मक अबस्थामा पुगेको तितो सत्य बनेको हो ।
बर्तमान अबस्थामा नेपाली जनताको आखामा छारो छर्न पश्चिमा साम्राज्यवादको पहलमा तत्कालीन एमाले र एमाओबादिलाइ चुनाव र एकताको अबैध सम्बन्ध गरायर नेपाली कम्युनिस्ट आन्दोलनबाट उत्पादन भएका नेताकार्यकर्तालाई एनजीओ करण गरिएको छ । यसलाई कुनै कम्युनिस्ट बैचारिक दृष्टिकोण बिचार भएको दल वा राजनीति पार्टीको मान्यता राख्नु नेपाली जनता र कम्युनिस्ट आन्दोलन प्रति दोस्रो अपराध हुनेछ।
अर्कोतिर कम्युनिस्ट राजनीतिमा देखा परेको माक्र्सवादका तीन मुलभुत अंगलाई बुझ्ने सवालमा सत्ता बाहिर रहेका कम्युनिस्ट पार्टीहरुमा आआफ्नो गम्भीर त्रुटिहरु देखिन्छन् । मालेमाबादी आदर्श नीति सिद्धान्त निष्ठ पार्टीहरुले बिकसित बिश्व साम्राज्यवाद र त्यसले उत्पादन गरेको पुजीवादलाई गहिरिएर एकरुपतामा बुझ्न् सकेमा कम्युनिस्ट आन्दोलन पुन नेपालमा प्रतिरक्षाबाट आक्रमक र विजयको संघारमा पुग्नसक्ने सुनौलो अबस्था देखिन्छ ।
मालेमाको नीति सिद्धान्त अनुसार नेपाली भाब भुमिमा सृजित बिचारको बिकास र नेपाली कम्युनिस्ट आन्दोलनलाई तहसनहस बनाउने युरोपेली तथा अमेरिकी साम्राज्यवादका दलाल अगुवालाइ राम्रोसँग नेपाली जनतामा चिनाउने र वैदेशिक साम्राज्यवादलाई नेपालमा राजनीति चलखेल बन्दगराउन सकेपछि नेपाली कम्युनिस्ट पार्टीहरुको ऐतिहासिक एकता र एकरूपता आउन सक्नेछ अबको झन्डै पाँच दसबर्षको समयावधि भित्र नेपाली राजनीति पुन कम्युनिस्टहरु हुने देखिन्छ ।
गम्भीर तथा दुखलाग्दो कुरा त के छ भने माओवादी हौ जनबादी गणतन्त्रको बाटोबाट्मात्रै बैज्ञानिक समाजबादको सम्भब छ भन्नेहरुलाइ नै क्रान्तिकारी एकतामा आउन नदिन पश्चिमा साम्राज्यवाद सकृय छ । अबका मालेमाबादी चिन्तन सोच भएका क्रान्तिकारीहरुले यो कुरा बुझ्न जरुरी छ ।
कम्युनिस्ट नामबाट समाजमा दलाल राज्यब्यबस्था जतिबेला लाल फासिबाद उन्मुख हुन्छन त्यतिबेला क्रान्तिकारिहरुले नयाँ उत्तर जनतामा दिनजरुरी हुन्छ त्यसको एउटामात्र उपाय विकसित समाजमा घटेका हरेक घटनालाई बुझ्ने र हल गर्ने बिधिमा एकरूपता सगै एकताको जरुरी छ।