ढल्नै लाग्यो,जंगे देख्दैनन् कसैले !

सिमा बिद् भन्छन् खम्बा ढले देशै खतम हुन्छ

यो ढल्केको जंगे खम्बा नं ३३७ सर्लाही बलरा गाउँपालिका–४ नयॉटोला फुलवरिया गाउमा भएको पिल्लर हाे । मुलुककाे इतिहाँस बाेकेकाे  ३३७ नं को जंगे पिल्लर ढल्ने अबस्थामा पुगेकाे छ ।  

३३७ जस्तै प्रायः सिमानामा भएका जंगे पिललर ढल्ने अबस्थामा पुगेका छन । सरकार र सरोकारवाला निकायको ध्यान नजाँदा पिल्लरहरु ढल्ने अबस्थामा पुगेका हुन ।

 सिमानामा रहेका जंगे पिलर कुनै भत्केको कुनै जीर्ण भएको अवस्थामा छन् । पिल्लर बनाउने तर्फ कसैकाे ध्यान गएकाे छैन । सिमा बिद बुद्भिनारायण श्रेष्ठले चिन्ता ब्यक्त गरेका छन । उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन ढल्न लाग्यो, लाग्यो–लाग्यो, ढल्नै लाग्यो  ! खबरदार जंगे सीमाखम्बा नढलोस् ।  खम्बा नढले हाम्रा पालामा नसके पनि हाम्रा छोरा नातिले सीमा रक्षा गर्नेछन् ।  सीमा खम्बा ढले देशै खतम हुन्छ । उनले इतिहाँसकाे सुरक्षा गर्नु सरकारकाे दायित्व भएकाे भन्दै यसकाे पुर्न निमार्ण गर्नु पर्ने बताएका छन । 

जंगबहादुर राणाले आफ्नो प्रधानमन्त्रित्व कालमा सीमा निर्धारणपछि गाडेका स्तम्भ पुस्तौँ बितिसक्दा पनि अझै जीर्ण बन्दै गएका छन् ।

नेपाल र भारतको इस्टइन्डिया कम्पनीले सीमा निर्धारण गरेको ऐतिहासिक तथ्य छ । तत्कालीन ब्रिटिस भारत सरकार र नेपाल सरकारले सन् १८६० नोभेम्बर–९ मा नेपालको पश्चिम तराईसम्बन्धी विषयमा सन्धि गरेपछि सीमा निर्धारण गरिएको थियो ।

अहिले सिमानामा रहेका स्तम्भ भत्केको, जीर्ण भएको तथा नदीले बगाएको अवस्थामा दुई वटा अझै हराएको जिल्लाको सरकारी तथ्यांक छ ।

यस्ताे भन्छन बिज्ञ

नेपालका सिमा सुरक्षा बिद बुद्धीनारायण श्रेष्ठ  भन्छन

ढल्न लाग्यो, लाग्यो–लाग्यो, ढल्नै लाग्यो  !
खबरदार जंगे सीमाखम्बा नढलोस् ।
खम्बा नढले हाम्रा पालामा नसके पनि हाम्रा छोरा नातिले सीमा रक्षा गर्नेछन् ।
सीमा खम्बा ढले देशै खतम हुन्छ ।
यो ढल्केको जंगे खम्बा नं। ३३७ सर्लाही बलरा गाउ‘पालिका–४ नयॉटोला पूmलवरिया गाउको हो ।