धुलोः ब्रुमरले बढार्छन्, गाडीले ल्याउँछन्

काठमाडौँ – ‘ब्रुमरले बढारेको सडक रे, सास फेर्नै गाह्रो हुने गरी धुलो उडिरहेको छ । उफ !  सोमबार दिउँसो सुन्धारामा हिँडिरहेकी रुक्मिणा केसी भनिरहेकी थिइन् ।

मास्क र चस्मा लगाएर हिँडिरहेकी उनी काठमाडौँ मल अगाडि उडेको धुलो हेर्दैै निराशा र आक्रोश पोखिरहेकी थिइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

१२ चैतबाट काठमाडौँ महानगरपालिकाले पाँच ब्रुमरमार्फत सडक सफा गरिरहेको छ । केही ठाउँमा धुलो कम पनि भएको छ भने केही ठाउँको अवस्था पहिलेको जस्तै छ । विशेषगरी, निर्माण कार्य भइरहेका स्थान आसपासका सडकमा घुलो घटेको छैन ।