लथालिंग सत्तापक्ष ,भताभुङ्ग विपक्षीः नेतैपिच्छे गुट भागबन्डाले अलपत्र कार्यकर्ता
प्रकासित मिति : २०७५ चैत्र २६, मंगलवार १४:३९
प्रकासित समय : १४:३९
काठमाडौँ ,सत्तारुढ दल नेकपाको आन्तरिक संरचना र गतिविधि लथालिंग बनेको छ । गत जेठ ३ मा तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
भातृ संगठनलगायत तल्ला तहसम्म एकीकरण टुंगो नलाग्दा पार्टी चलायमान हुन सकेको छैन । तल्लो तहसम्म एकता नटुंग्याउने हो भने पार्टी झन् लगालिंग हुने केन्द्रीय नेताहरु बताउँछन् । पार्टीभित्र नेतैपिच्छेका गुट र आगामी अधिवेशन लक्षित स्वार्थ हाबी भएकाले तल्लो तहसम्म एकता हुन नसकेको हो ।
कांग्रेस आन्तरिक विवादमा रुमल्लिएको छ । पार्टीभित्र संसद्मा सबल प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेको बेला नेताहरु कलहमै व्यस्त छन् ।