हिन्दुराष्ट्र स्थापनाको माग्दै धर्ना बसेका राप्रपा कार्याकर्तामाथि प्रहरीको लाठी

कमल थापा सहित नेताहरू प्रहरी नियन्त्रणमा

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का कार्याकर्ता र प्रहरीबीच आज काठमाडौंको प्रदर्शनीमार्गमा झडप भएको छ। हिन्दु राष्ट्र पुन:स्थापनालगायतका माग राखी दबाव धर्ना आयोजना गरेको थियो। सोही धर्नाका क्रममा प्रहरीले भिड तितरवितर पार्न खोज्दा झडप भएको हाे ।

यस क्रममा प्रहरीले राप्रपाका अध्यक्ष कमल थापा सहित केही केन्द्रीय नेताहरुलाई नियन्त्रणमा लिएको छ । काठमाडौंको पुतलिसडकमा भएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

राप्रपाका नेताहरुको आन्दोलनका कारण सडक नै जाम हुने अवस्थामा प्रहरीले बल प्रयोग गरी हटाउन खोज्दा झडप भएको हो ।

प्रहरीको लाठी चार्जबाट सयभन्दा बढी कार्यकर्ता घाइते भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। ‘शान्तिपूर्ण पर्दशनमा हस्तक्षेप गर्नु संविधान विपरित हो’ उनले भने,’राप्रपाले यस कदमलाई निन्दा गर्दछ।