किन हुन्छ शीघ्र स्खलन यस्तो छ घरेलु उपचार

यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।

तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।

आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ ।

ज्वानो

ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।

मह

महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ ।

अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ ।

प्याज

प्याज र अदुवाकाे रस बराबर मिलाएर हरेक बिहान बेलुका महकाे साथ खाँदा लाभ हुन्छ ।

बेल

बेलकाे जरालार्इ जिराका साथ पिसेर बिहान बेलुका पिउँदा लाभकारी हुन्छ । यसले वीर्यकाे पातलाेपन पनि हटाउँछ ।

शिलाजीत

थाेरै मात्रामा गार्इकाे दुधमा सिलाजित धाेलेर बिहान बेलुका २–३ महिना खाँदा वीर्यकाे कमजाेरी हटाउँछ ।
दालचीनी

दालचीनीकाे तेलमा ३ गुना जैतुनकाे तेल मिसाएर लिंगमा मालिस गर्दा पनि फाइदा हुन्छ । यसमा ध्यान चिसाे पानी भने पर्न दिनु हुँदैन । त्यसैगरी दालचीनीकाे चूर्ण बनाएर एक चम्चा खाना खाए पछि दैनिक २ पटक दुधमा हालेर खाने ।

अर्जुन रुख

अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ । एजेन्सीकाे सहयाेगमा