प्रधानमन्त्री र सात प्रदेशका मुख्यमन्त्रीहरुबीच बालुवाटारमा चियागफ

के छन त आखिर एजेण्डा ?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीहरुले भेटवार्ता गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेट गरेका हुन् ।

उनीहरुको भेट अहिले जारी रहेको प्रधानमन्त्रीका निजी  सचिवालयका अनुसार मुख्यमन्त्रीहरुसँग भेटघाटको विशेष एजेन्डा थिएन ।

तर विकास परिषद्को बैठकका लागि काठमाडौं आएको मौकामा प्रधानमन्त्रीसँग सबैले एकैपटक भेट गरेका हुन् । भेटमा नयाँ आर्थिक वर्षका लागि तयार हुने नीति तथा कार्यक्रम, बजेट तथा सार्वजनिक सरोकारका विषयमा छलफल हुने समेत बताइएको छ ।