जब मुख्यमन्त्री राउत भक्कानिए…..

चैत १६ गते आइतबार साँझ एक्कासी बारा र पर्सामा ठूलो विपत्ति जाइलाग्यो। १० मिनेटको अवधिमा हावा हुरीले हेर्दा हेर्दै पूरै बस्ती नै खण्डहरमा परिणत बन्यो। घरका छाना उडे, टहरा पूरै भत्किए, रूख ढले, बस–ट्रक पल्टिए। यो भन्दा ठूलो र दुःखद् घटना २७ जनाले ज्यान नै लिए।

झण्डै ६०० भन्दा बढी घाइते भएर कोही अस्पतालमा उपचार गराइरहेका छन् भने कैयौँ आफ्नो र आफ्नो घाउँको पीडालाई पीडा नबुझी आफ्नो र आफ्नो घरपरिवार सम्हाल लागि परेका छन्। बारामा भएको त्यो हृदयविदारक घटनामा पीडित भएकालाई मलम पट्टी लिएर गएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको आँखा रसाउनु अस्वाभाविक थिएन। प्राकृतिको त्यो वितण्डाले संवेदनशील मानिसको आँखामा आँसु आउनु स्वाभाविक पनि हो।

स्थानीयको कोलाहल र चिच्याहट अनि अस्पतालमा छटपटाइरहेका घाइतेहरूको अवस्था देख्दा जो कोहीको मन भावुक बन्छ। त्यस्तै बन्यो मंगलबार मुख्यमन्त्री लालबाबु राउतको अवस्था। घटनाको घाइतेसँगको कुराकानीकै क्रममा फेटा गाउँपालिका १ का पीडित परिवारसँगको कुराकानीको क्रममा उनी भाववीह्वल हुँदै भक्कानिए तर फेरि सम्हालिए। गहभरी आँशु, मलिन मुद्राका इस्तिफाक मोहम्दले भने, ‘४र५ मिनेटकै हावाहुरीले यस्तो विण्डना मच्चायो। साँझ एक्कासी ठूलो आवाजसहित हुरी आयो।

सँगै असिना पानी दन्कियो। सोही बेलामा पूरै गाउँ नै सखाप भयो। राति एक्कासी हावाहुरी चल्यो। म बाहिर थिएँ। पछि केही मत्थर भएपछि हतार–हतार घर पुगेँ। तर, घर छेउ पुग्दा घर नै देखिएन गर्लाम्म गुर्लुम्म सबै लडिसेको रहेका छ। आमालाई जीउमा चोट लागेको छ। घरले किचेर श्रीमती र बच्चालाई समेत हस्पिटलमा भर्ना गर्नुपरेको छु पीडादायी शब्दमा उनले आफ्नो दुःखको बयान गर्दै थिए मुख्यमन्त्रीसमक्ष।

यस्तै सुवर्ण गाउँपालिका ४ मा टाउकोमा हात राख्दै इँटाले लागेर चोट बोकेर टोलाउँदै गरेका स्थानीय रामचन्द्र राम भेटियो। अन्य जस्तै उनको अवस्था पनि फरक थिएन। भोजपुरीमो उनले भने, ‘बहुत बडा तुफान रहल। तुफान से घर गिरल आ इँटा हमरा माथपर लागल त हम बेहोस् हो गइनी।’ ९ धेरै ठूलो आँधीबेरी थियो। हावाहुरीबाट घर खस्यो, इँटाले मेरो टाउँको चोट लागेपछि मैले केही पनि थाहा न पाइन।० यसरी दजर्नौको पीडा सुन्दै मुख्यमन्त्री राउतले सबैलाई धैर्यधारण गरेर बस्न आग्रह गर्दै अघि बढ्दै थिए। तर उनको आँखा रसाउन भने छोडेनन्। उनी एउटा हातमा रुमाल र अर्को हातमा मोबाइल बोकेर निर्देशन दिँदै अघि बढिरहे।

बाराबाट पत्रकार विनोदकुमार महतोको सहयोगमा