आँधी पिडितका गुनासा ‘मन्त्री आए, हेलिकप्टर आयो तर राहत आएन
बारा र पर्साका हावाहुरी पीडितहरुले प्रधानमन्त्रीदेखि मन्त्रीहरु जति आएपनि आफुहरुलाई आबश्यक राहत नआएको गुनासो गरेका छन । मन्त्रीहरु हेर्नको लागिमात्र आए पनि यहाँको राहत सम्बन्धी कसैले चासो नदेखाएको बताएका हुन । उनिहरूले पिडामा मलम लगाउने भन्दा पनि रमिता देखाउनेहरूकाे भिड बढेकाे गुनासाे गरेका छन ।
आइतबार साँझको आँधीबेहरीका कारण बाराको पुरैनियामा एकै टोलमा ११ जनाको मृत्यु भयो। सोमबार उक्त क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय सरकारका मन्त्रीहरुले अवलोकन पनि गरे। प्रदेश सरकारका मन्त्रीहरुले पनि उक्त क्षेत्रको निरीक्षण गरे। तर, तत्काल राहतको अपेक्षा गरेका पीडितको आशा भने पूरा भएन।
पुरैनियामा अधिकांश घरहरू भत्किएका छन्। विपन्न तथा दलित समुदायका खरका घर भत्किएका छन्। आफन्तको घर सकुशल रहेका अन्यत्र सरेका छन्। कुनै विकल्प नभएकाहरु रातभर रुखको फेदमा बस्न बाध्य भएका छन्। तीमध्ये साहेब मियाँको परिवार हालत पनि यस्तै छ।
मियाँको परिवार हुरीले भाँचिएको रुखमुनि रात बिताउन बाध्य भए। आमाले कुटले बच्चामाथि लागेका लामखुट्टे धपाएरै रात कटाइन्। अव्यवस्थित बसोबास रहेको उक्त क्षेत्रमा लामखुट्टेको समस्या ठूलो छ।
‘मन्त्रीहरु आए हेरेर गए। राहतमा एउटा म्याट दिएर गएका छन्। यो ओढ्ने कि खाने कि बस्नेरु पीडितहरुको गुनासो छ।
प्रधानमन्त्री मन्त्रीले निरीक्षण गरे पनि कुनै राहत साँझसम्म प्राप्त भएन। उक्त ठाउँमा राहत पुर्याउन नसकेपछि नगरपालिकाले साँझ खानका लागि मेस चलाएको थियो। सोभन्दा अर्को विकल्प थिएन। पुरैनियामा अधिकांश विपन्न मुस्लिम र दलित परिवारको घर भत्किएको छ। ठूलो राहत उनीहरुले पाएका छैनन्।