तस्विर दुरुपयोग गरी सामाजिक संजालमा पोष्ट गर्ने दुई जना पक्राउ

 राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्रीकेपी शर्मा अोलीको मानमर्दन हुने गरी अत्यन्त अमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक संजालमा पोष्‍ट गरेको भन्दै २ जनालाई पक्राउ गरेको छ । 

 उक्त कार्यमा संलग्न २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पाल्पा परान्दी गाउँपालिका-७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देही साबिक शंकरनगर गाबिस-८ का २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् ।

गैरेलाई चैत १२ गते भक्तपुर नयाँठिमीबाट र पन्थीलाई चैत १३ गते चितवनबाट सो ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

दुवै जनालाई विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य भइरहेको सो ब्यूरोले जनाएको छ ।