युवा नेता मल्लको उपचारका लागि कुशे गाउँपालिकाले गर्यो यस्तो घोषणा
दुबै मृगौला फेल भएर राजधानीको ललितपुर धापाखेल स्थीत सुमेरु किडनी अस्पतालको आइसियुमा भर्ना गरिएका विद्यार्थी नेता कालीबहादुर मल्लको सहयोगका लागि जाजरकोटको कुशे गाउँपालिकाले तत्कालको लागि ५ लाख सहयोग गर्ने घोषणा गरेको छ ।
जाजरकोटको कुशे गाउँपालिकाले मृगौला पीडित विद्यार्थी नेता मल्लको उपचारको लागि पाँच लाख सहयोग गर्ने निर्णय गरेको हो । विद्यार्थी नेता मल्ल सोही गाउँपालिकाको वार्ड नं ५ ढिमे निवासी हुन् । लामो समयदेखि मृगौला रोगबाट पीडित मल्ल आर्थिक अभाव र समाजसेवामा लागेका कारण आफ्नो उपचार गर्न सकेका थिएनन ।
पाँच महिना अघि नै चिकित्सकले डाइलासिस गर्नुपर्ने भने पनि मल्लले उपचार गर्न सकेका थिएनन । ३१ वर्षका मल्ल जुझारु विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए । चिकित्सकका अनुसार उनको दुबै मृगौला प्रत्यारोपण गर्नुपर्छ । त्यसका लागि ठूलो रकम लाग्ने बताइन्छ ।
असल युवा बचाउन सम्पुर्ण रुपले लागि पर्छौँ – अध्यक्ष बस्नेत कुशे गाँउपालिका
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले एउटा असल युवालाई बचाउन गाँउपालिकाले सम्पुर्ण रुपमा लागिपर्ने बताएका छन । हर नागरिकलाई बचाउनु स्थानिय सरकारको पहिलो कर्तव्य हो अध्यक्ष बस्नेतले भने हामी आफनो दायित्व सम्झेर लागि पर्ने छौँ । अध्यक्ष बस्नेतले स्थानिय सरकार सँधै पीडितहरुको काखमा रहेको बताए ।
कुशेका जुझारु र क्षामातावान र एउटा असल युवा बचाउने कर्तव्य भएको भन्दै अध्यक्ष बस्नेतले पालिकाको दायित्व भएको बताए ।
उनले गाँउपालिका यस्तो दायित्वबाट पछि नहटने भन्दै आबश्यक सम्पुर्ण सहयोग गर्ने जानकारी दिए । बस्नेतले यसभन्दा अगाडि पनि गाँउपालिकाको तर्फबाट हुने सहयोगमा कमि नरहेको जानकारी दिए ।
पछिल्लो समय एकपछि अर्को लोकप्रिय काम गर्दै आइरहेका बस्नेतले पदाधिकारीहरुको एकमहिनाको तलब पनि सर्मपण गर्न सकिने बारे छलफ गरिने जानकारी दिए ।
यसरी बचाएको थियो पहिला पनि बिरामीहरुलाई गाँउपालिकाले
ब्लड क्यान्सर एलिना हमाललाई साढे ४ लाख उपलब्ध गराएको पालिकाले , क्यान्सर पिडित नर बहादुर शाही,साढे १ लाख त्यस्तै पाठेघरमा क्यान्सर भएकी बिष्णु शाही, लगायत दर्जन भन्दा बढिलाई आर्थीक सहयोग गरेर ज्यान बचाएको थियो ।
गाँउपालिकाले पछिल्लो समय स्वास्थ्यमा जनताको पहुच बिस्तारको लागि सम्पुर्ण रुपमा लागि रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । उनले अब काेहि नागरिक उपचारकाे पहुँच भन्दा टाढा नहुने जानकारी दिए ।